नेप्सेमा सामान्य वृद्धि


काठमाडौं, (नेस) ।
पछिल्लो समय निरन्तर ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार भने केही सुधार देखिएको छ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ३ दशमलव १८ अंकले बढेर १२५५ दशमलव ९८ बिन्दुमा पुगेको छ । कुल १६६ कम्पनीको १२ लाख ८ हजार ३४२ कित्ता शेयर ३५ करोड आठ लाख रुपिया“मा कारोबार भएको छ । परिसूचक बढे पनि कारोवार रकम भने अघिल्लो दिनको को तुलनामा घटेको छ । आइतबार ४९ करोड २६ लाख रुपिया“को कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये उपसमूहमध्ये बैंकिङ उपसमूह २ दशमलव ५९, विकास बैंक उपसमूह ३ दशमलव ७८, जलविद्युत् उपसमूह १ दशमलव ४८, वित्त उपसमूह ५ दशमलव १९, निर्जीवन बीमा उपसमूह १ दशमलव ३४, अन्य उपसमूह २ दशमलव २ र लघुवित्त उपसमूह २३ दशमलव ४ अंकले बढेको छ ।

उत्पादन उपसमूह ४ दशमलव १६, जीवन बीमा उपसमूह १५ दशमलव ७९ र सामूहिक लगानी कोष शून्य दशमलव १ अंकले घटेको छ । सोमबार सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको दुई करोड ३८ लाख रुपिया“को कारोबार भएको छ । यस्तै प्रभु बैंकको दुई करोड २३ लाख, साना किसान विकास बैंकको दुई करोड नौ लाख रुपिया“को कारोबार भएको छ ।

यस दिन नेपाल एग्रो लघुवित्त वित्तीय कम्पनीका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् भने सिर्जना फाइनान्सका लगानीकर्ताले ९ दशमलव ७० प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९ दशमलव ३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८ दशमलव ७३ प्रतिशतले कमाएका छन् । सोमबार लघुवित्त कम्पनीका लगानीकर्ताहरुले अन्य कम्पनीका लगानीकर्ताले भन्दा धेरै कमाएका छन् ।