पुँजीगत लाभकर गणना अझै टुंगिएन


नेपाल समाचारपत्र, काठमाडौं ।
भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणनामा देखिएको विवादबारे छलफल गर्न अर्थ मन्त्रालयले पुनः बैठक बोलाएको छ । मन्त्रालयले बुधबार बस्ने गरी आन्तरिक राजस्व विभाग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सीडीएससी, स्टक ब्रोकर एसोसियसन र पा“चवटै लगानीकर्ता संघलाई बोलाएको हो ।

भारित औसत लाभकर विवाद समाधानका लागि अर्थ मन्त्रालय र सरोकारवालाबीच पटक–पटक छलफल भइरहेको छ । यद्यपि, विवाद टुंगिन भने सकेको छैन । विवादका कारण दोस्रो बजारका लगानीकर्ता अन्योलमा परेका छन् । जसका कारण पछिल्ला केही दिनमा शेयर कारोबार रकम बढ्न सकेन ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले आफूहरुलाई बुधबार बोलाइएको जानकारी दिनुभयो । उहा“ लगायतको टोलीले सोमबार पनि अनौपचारिक रुपमा राजस्व सचिव लालशंकर घिमिरेस“ग छलफल गरेको छ ।
अध्यक्ष रौनियारले नेपाल समाचारपत्रस“ग भन्नुभयो–‘सचिवज्यूले आधा घण्टाको समय दिनुभयो । उहा“स“ग हाम्रा माग राखेका छौं ।’

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत साउन १ गतेदेखि पु“जीगत लाभकर गणना विधि परिमार्जन गरेको थियो । अध्यक्ष रौनियारले विवाद टुंगाउनका लागि आफूहरु सकारात्मक रहेको बताउ“दै बुधबारको छलफलले समस्या सामाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहा“ले नया“ विधिबाट लगानीकर्ताहरु मारमा परेको बताउनुभयो । सरकारले यस्तो विधि ल्याएर लगानीकर्तालाई अन्याय गरेको उहा“को भनाइ छ । उहा“ले भन्नुभयो–‘लगानीकर्तालाई भारित औसत लाभकर विधिमार्फत पुरानै कागजी युगमा फर्काउन खोजियो, यो हामीलाई मान्य हु“दैन ।’