शेयर बजारमा निरन्तर गिरावट

वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन बोर्डको निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं  ।
वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिन नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेन्ज (नेप्से)लाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका बाहिर आर्थिक रुपले समेत सक्षम ठानिने जिल्लामा सहायक कम्पनी खोलेर ब्रोकरको काम गर्ने व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउन बोर्डले निर्देशन दिएको हो ।

यसअघि लगानीकर्ताहरुको मागअनुसार अर्थ मन्त्रालयले बजेटमार्फत बैंकलाई ब्रोकर लाइसेन्स दिने व्यवस्था ा गरेको थियो । बजेटमा आएको विषयलाई राष्ट्र बैंकले पनि कार्यान्वयनमा लैजाने बताएको थियो । राष्ट्र बैंकले बैंकलाई ब्रोकर लाइसेन्स दिन बाटो खुला गरे पनि धितोपत्र बोर्ड र नेप्सेमा आएर यो विषय रोकिएको थियो ।

यसैबीच नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका निम्ति मौद्रिक नीति ल्याएपछि पु“जी बजारमा निरन्तर ओरालो लागेको छ । मौद्रिक नीतिले पु“जी बजारलाई समेट्न नसकेको भन्दै लगानीकर्ताहरू सशंकित हु“दा बजार आरोलो लागेको सरोकारवालाहरुको भनाइ छ ।

साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ दशमलव ११ अंकले घटेर १२५२ दशमलव ८० विन्दुमा झरेको छ ।

कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर ४९ करोड २६ लाख ७३ हजार ६५२ रुपिया“मा कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन कारोबार भएका१२ उपसमूहमध्ये सामूहिक लगानी कोषबाहेक अरु सबै उपसमूहको शेयर घटेको छ ।

बैंकिङ उसमूह १५ दशमलव ९२, व्यापार उपसमूह २ दशमलव ५३, होटल उपसमूह ९ दशमलव ४९, विकास बैंक उपसमूह १५ दशमलव ४९, जलविद्युत् उपसमूह ११ दशमलव ८५, वित्त उपसमूह १ दशमलव ८३, निर्जीवन बीमा ९९ दशमलव ६७, उत्पादन उपसमूह २४ दशमलव ७२, अन्य ७ उपसमूह ४४, लघुवित्त उपसमूह २७ दशमलव ७ र जीवन बीमा उपसमूह १०६ दशमलव ८९ अंकले घटेको छ ।तर, सामूहिक लगानी कोष उपसमूह भने शून्य दशमलव १६ अंकले बढेको छ ।

त्यस्तै यस दिन कारोबार रकमका आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ। यस बैंकको चार करोड आठ लाखबराबरको शेयर कारोबार भएको छ । यस्तै नेपाल बैंकको चार करोड एक लाख, छिमेक लघुवित्त विकास बैंकको दुई करोड ४० लाख, एनआईसी एसिया बैंकको दुई करोड १७ लाख रुपिया“को कारोबार भएको छ ।

समग्र परिसूचकमा दोहोरो अंकले गिरावट आउ“दा सिर्जना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने ९ दशमलव ७२ प्रतिशतले कमाउ“दै अग्रस्थानमा रहेका छन् । त्यस्तै युनिभर्सल पावर कम्पनीका लगानीकर्ताले ४ दशमलव ६, एनएमबी सुलभ फन्डका लगानीकर्ता ३ दशमलव ५९, एनएमबी हाइब्रिड फन्ड ३ दशमलव १३ प्रतिशतले कमाएका छन् ।