बिएमएलमा नेपाली विद्यार्थी भर्ना अभियान शुरु


काठमाडौं, (नेस) ।
भारतको शैक्षिक संस्था, बिएमएल मुन्जल विश्वविद्यालय (बिएमयू), हिरो ग्रुपको गैरनाफामुलक विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि पा“चौ भर्ना कार्यक्रमको आयोजना गरेको छ । बिएमयूले सन् २०१४ देखि नेपाली विद्यार्थीहरु भर्ती गर्दै आइरहेको छ । यस कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थी आफ्नो अभिभावक र शिक्षकस“ग भ्रमण गर्ने अपेक्षा गरिएको छ । सन् २०१९ का लागि द राइज अफ इन्डिस्ट्री ४.० एक शिक्षा जसले युवालाई भविष्यको कामका लागि तयारी गर्दछ भन्ने नारा रहेको छ ।

कार्यक्रममा बिएमएल मुन्जल विश्वविद्यालयका भाइस चान्सलर डा. मनोज अरोडाले विश्वविद्यालय र त्यहा“को शिक्षाको बारेमा आफ्नो धारणा राख्नुभएको छ । नेपाली विद्यार्थीका लागि भर्ना गर्ने प्रक्रिया र छात्रवृत्तिका विषयमा बिएमएल मुन्जल विश्वविद्यालयका निर्देशक अमित शर्माले जानकारी गराउनुभएको छ । यस कार्यक्रमले नेपाली विद्यार्थीलाई भारतमा उच्च शिक्षा हासिल गर्नका लागि गेटवेको काम गरेको छ ।

बिएमएल मुन्जल विश्वविद्यालय पूर्ण रेजिडेन्सल तथा सहशैक्षिक निजी विश्वविद्यालय हो जुन भारतको गुडगावमा रहेको छ । शैक्षिक वर्ष २०१९–२०२० देखि बिएमयूले ८ वटा स्नातक पाठयक्रमहरु थपेको छ जसअन्तर्गत बिएससी (हन्स), अर्थशास्त्र, बिज्नेस एनालिक्टसमा बिबिए, बिबिए–एलएलबी र बीए–एलएलबी रहेका छन् ।

विश्वविद्यालयले बी टेक पाठयक्रमहरुमा पनि विशेषज्ञता संचालन गरेको छ जसमा मेकानिकल इन्जिनियरिङमा अटोमोबाइल इन्जिनियरिङ र रोबोटिक्स तथा अटोमेसनमा विशेषज्ञता, सिभिल इन्जिनियरिङमा कनस्ट्रक्सन म्यानेजमेन्ट र स्मार्ट सिटी तथा सस्टेनेवल म्यानेजमेन्टमा विशेषज्ञता, इलेक्ट्रोनिक्स तथा कम्यूनिकेसन इन्जिनियरिङमा इन्टरनेट अफ थिङमा विशेषज्ञता र कम्प्यूटर साइन्स तथा इन्जिनियरिङमा साइबर सेक्यूरिटी तथा डेटा साइन्स तथा आर्टीफिस्यल इन्टिलिजेन्समा विशेषज्ञता प्रदान गर्दछ ।