नेपाल–भारतबीचको पारवहनमा सहज व्यवस्थापन हुनुपर्छ: प्रम


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल–भारतबीचको पारवहनमा सहज व्यवस्थापन हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । आइतबारदेखि राजधानीमा चलिरहेको प्रथम नेपाल–भारत पारवहन सहजीकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्नुहु“दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ र मारिटाइम गेटवेको संयुक्त आयोजनामा शुरु भएको सम्मेलनको उद्घाटन आइतबार प्रधानमन्त्री ओलीले गर्नुभयो । उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच पारवहनलगायतका विषयमा सहज व्यवस्था हुन आवश्यक रहेको बताउनुभयो । नेपाल–भारत बीचका व्यापारसम्बन्धी सन्धी सम्झौता समयमै परिमार्जन हुनुपर्नेमा उहा“को जोड छ ।

प्रधानमन्त्री ओलीले भारतस“ग नेपालको उच्च व्यापार घाटा रहेको भन्दै व्यापार सन्तुलित हुनुपर्नेमा जोड दिनुभयो । नेपाल–भारतबीचको दुई पक्षीय सम्बन्ध सडक सञ्जाल नै रहेको भन्दै रेलमार्ग र जलमार्गबाट पनि दुई देशलाई जोड्ने काम भइरहेको उहा“को भनाइ छ । उहा“ले जलमार्गले दुई देशीय व्यापार थप विस्तार हुने विश्वास समेत व्यक्त गर्नुभयो । उहा“ले नेपालको विकासका लागि नेपाल र भारतका लगानीकर्तालाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

नेपाल विकासशीलबाट विकसित मुलुकतर्फ फड्को मार्ने क्रममा रहेकाले भारतस“गको व्यापारको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । साथै उहा“ले काठमाडौं—वीरगन्ज रेलमार्ग डीपीआर निर्माणको काम अन्तिम चरणमा पुगेको चर्चा गर्नुभयो ।

सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको व्यापारमा लगानी बढाउन, व्यापारमा सहजीकरण गर्न तथा सम्बन्धलाई सुदृढ पार्न भारतीय पक्षलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल पूर्वाधार विकासको चरणमा रहेको उल्लेख गर्दै सडक, रेल तथा पेट्रोल लाईन सेवाको विस्तारले दुई देशीय व्यापारलाई थप सबल र सहज बनाउन वर्तमान सरकार लागिपरेको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल भारतबीच उल्लेखनीय परिमाणमा व्यापार, लगानी, पर्यटन र जनता–जनताबीचको आवतजावत भइरहेको बताउ“दै भन्नुभयो–‘हामी असल छिमेकीहरु हौं र हामी असल छिमेकी हुनै पर्दछ भन्ने धारणा व्यक्त गर्नु भएको छ ।’ उहा“ले थप्नुभयो, ‘व्यापार र पारवाहन व्यवस्थापनलाई सहज, झन्झटमुक्त र मितव्ययी बनाउन स्मार्ट लजेस्टिकको महत्वपूर्ण भूमिका हुने गर्दछ ।’

नेपाल र भारतबीच निकै पुरानो बहुआयामिक सम्बन्ध रहेको र यस सम्बन्धले बदलिएको राजनीतिक र आर्थिक परिवेशमा नया“ उचाइ हासिल गर्न थालेको प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो । उहा“ले भन्नुभयो–‘दुई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देशका रुपमा नेपाल र भारतबीच बढीभन्दा बढी अन्तक्र्रिया र सहकार्य हुन अत्यावश्यक छ । यस्तो अन्तक्र्रिया र सहकार्य सार्वभौम समानता, आपसी विश्वास, सम्मान र सहयोगमा आधारित भएर सरकार र जनता तहमा हुनु पर्दछ ।’
सम्मेलनमा भारत सरकारका वाणिज्य हेर्ने विशेष सचिव एन शिवशैलानले नेपाल–भारतबीचको व्यापारिक सम्बन्ध अझ सुधारेर अघि बढ्नुपर्ने बताउनुभयो । नेपालस“गको व्यापार थप सुधार र विस्तार गर्नुपर्ने अवस्था रहेको भन्दै उहा“ले दुई पक्षीय व्यापार विस्तार गर्न भारत तयार रहेको स्पष्ट पार्नुभयो ।

सम्मेलनमा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल–भारत वाणिज्य सम्बन्ध सुधार भइरहेको बताउनुभयो । उहा“ले पछिल्लो समय नेपालमा विकासले प्राथमिकता पाएको चर्चा गर्दै पेट्रोलियम पाइपलाइनबाट नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने उल्लेख गर्नुभयो । नेपालको विकास र समृद्धिका लागि भारत सहयोग गर्न सधैं सकारात्मक रहेको उहा“को भनाइ छ ।

सम्मेलनमा बोल्दै उद्योग वाण्ज्यि महासंघकी अध्यक्ष भवानी राणाले पारवहन सम्बन्धी समस्या समाधानका लागि सम्मेलनको आयोजना गरिएको जानकारी दिनुभयो । कार्यक्रममा उद्योग तथा वाणिज्य क्षेत्रका विज्ञहरुको सहभागिता र छलफल रहेको छ । सम्मेलन सोमबारसम्म सञ्चालन हुनेछ । दुवै देशका व्यापारी तथा वाणिज्य क्षेत्रका विज्ञहरू, सरकारी पदाधिकारीहरुले दुई मुलुकबीच हुने आयातरनिर्यात सहजीकरणका विषयमा विस्तृत छलफल हुनेछ ।