नेपाल–भारत पारवहन समस्या समाधान गर्न तयार


नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाल–भारतबीचको पारवहनका विद्यमान चुनौती तथा व्यवहारिक समस्याका विषयमा बृहत् छलफल भएको छ । भारतका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिष्टिक) एन सिभासैलामस“ग उक्त छलफल भएको हो ।
विशेष सचिव सिभासैलाम नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र मेरिटाइम गेटवे इण्डियाद्वारा संयुक्त रूपमा भोलि काठमाडौमा आयोजना हुन लागेको नेपाल–भारत पारवहन सहजिकरण सम्मेलनमा भाग लिन काठमाडौं आउनु भएको हो ।

महासंघका अध्यक्ष भवानी राणाले उक्त कार्यक्रममा भारत, नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको र अधिकांश व्यापार भारतीय भूमि भएर हुने गरेको स्थितिमा पारवहनका विषयमा देखा परेका समस्याको समाधान गरी निर्वाध व्यापार व्यवसायको वातावरण बन्नुपर्नेमा नेपाली निजी क्षेत्रको धारणा राख्नुभयो । अध्यक्ष राणाले विशेष सचिवसं“ग भएको अन्तत्र्रिmयाबाट पारवहन क्षेत्रमा देखिएका विद्यमान समस्याका विषयमा स्पष्ट पार्ने मौका मिलेको र समस्या समाधानमा पहल हुने विश्वास प्रकट गर्नुभयो ।

विशेष सचिव सिभासैलामले नेपाल भारत पारवहनका विषयमा प्रत्यक्ष रूपमा नेपाली उद्यमीहरूसं“ग बसेर छलफल गर्ने मौका प्राप्त भएकोमा खुशी व्यक्त गर्नुहुं“दै स्थलगत रूपमा रहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । भारत–नेपालबीच व्यापारको दृष्टिकोणले मात्र होइन हामीबीचको सम्बन्ध अत्यन्त पारिवारिक समेत रहेकाले आपसी लाभका लागि संयुक्त रूपमा सहकार्य गर्न भारत सरकार तयार रहेको स्पष्ट पार्नुभयो । छलफलमा उठेका नीतिगत, पूर्वाधार तथा स्थलगत सवै प्रकारका समस्या समाधानमा सहयोग गर्ने पनि उहां“ले प्रतिबद्धता जनाउनुभयो ।

सो अवसरमा भएको छलफलमा नेपाली उद्यमी व्यवसायीहरूको तर्फबाट नेपालले पैठारी गरेका सामान बन्दरगाहमा जहाजबाट झार्ने, गोदाममा राख्ने, रेलका डिब्बाहरूको अपर्याप्ततालगायतका कारण नेपाल पठाउने क्रममा विभिन्न प्रकारका समस्या रहेको, त्यसले अनावश्यक खर्च बढाई रहेको, गोदाममा रहेका सामान नेपाल पठाउन अनावश्यक ढिलाई हुं“दा ठूलो रकम विलम्व शुल्कवापत तिर्नुपरेको, कतिपय ठाउं“मा पूर्वाधारसमेत अत्यन्त कमजोर रहेका कारण समस्या उत्पन्न भएको र यसबाट समग्रमा नेपालको व्यावसायिक लागतसमेत बढ्न गएकाले समस्या समाधानका लागि सचिव सिभासैलामको ध्यानाकर्षण गराइएको थियो ।

पारवहनका सम्बन्धमा विद्यमान समस्या र समस्या समाधानतर्फ भइरहेका प्रयासको पृष्ठभूमिमा नेपाल–भारत बीचको पारवहनलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले भोलि काठमाडौंमा नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन आयोजना हु“दैछ ।