यती एयरलाइन्सले पाँचौं एटीआर ल्यायो


काठमाडौं, (नेस) ।
यती एयरलाइन्सले पा“चौं एटीआर ७२–५०० विमान भित्र्याएको छ । उत्पादन क्रम संख्या एमएसएन ७४० तथा नेपाली रजिष्ट्रेशन नं. नाइन एन–एएनजी रहेको उक्त बिमान थाइल्यान्डको बैंङ्ककबाट शनिबार दिउ“सो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

नेपाल भ्रमण वर्ष २०२० मा सरकारले २० लाख पर्यटक आगमनको लक्ष्य हासिल गर्न थपिएका विमानले मद्दत गर्नेछन् भन्ने विश्वास यती एयरलाइन्सले लिएको छ ।

एटीआर ७२–५०० एक फ्रान्सेली– इटालियन कन्सोर्टियम एटीआरद्वारा निर्मित ट्वीन इन्जिन टर्बोप्रोप विमान हो । यसको निर्माण र प्रदर्शनका कारण एटीआर ७२ विश्वमै सबैभन्दा सफल क्षेत्रीय क्यारियर बनेको छ । यसले विश्व बजारमा आफ्नो उपस्थिति बलियो बनाउदै गइरहेको छ ।

एटीआर ७२–५०० दुई प्राट एन्ड व्हिट्नी पीडब्लु १२७ इन्जिनद्वारा सञ्चालित छ र हम्लिटन स्टान्र्डर्ड कम्पोजिट प्रोपेलरबाट सुसज्जित छन् । यी उच्च प्रविधियुक्त इन्जिन र प्रोपेलरहरु उत्कृष्ट प्रदर्शन, इन्धन बचत, उल्लेखनीय ध्वनीको कमी र कम ग्रिन हाउस ग्यास उत्सर्जन जस्ता कुरा सुनिश्चित गर्दछन् ।

यती एअरलाइन्सले सन् १९९८ देखि आफ्नो उडानको शुरुवात गरेको हो र यतीसँग हाल एटीआर ७२–५०० बाहेक बीएई सिस्टमको जे ४१ विमान ५ वटा र भगिनी संस्था तारा एयरको दुई वटा डोर्नियटर डो २२८ र चार वटा डीएससी ६ टुवीनअटर विमान रहेको छ।