चीनका १५ शहरमा सिधा उडान


काठमाडौं, (नेस) ।
चीनका १५ शहरमा सिधा उडान गर्न नेपाल र चीनबीच सम्झौता भएको छ । बेइजिङमा सम्पन्न दुई दिने वार्तापछि शुक्रबार नया“ हवाई उडान सञ्चालन सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल र चीनबीच थप ८ रुटमार्फत हप्तामा ९८ उडान गर्न पाउने छ ।

नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयअन्तर्गतको हवाई उद्योग व्यवस्थापन महाशाखाका प्रमुख सुरेश आचार्य नेतृत्वको नेपाली टोली र चीनको सिभिल एभिएसन अथोरिटी अफ चाइनाको उपनिर्देशक जनरल बाई वेनलीको नेतृत्वमा रहेको टोलीबीच बेइजिङमा शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ ।