डाट्सन र निशानको निःशुल्क मनसुन सर्भिस क्याम्प


काठमाडौं, (नेस) । डाट्सन तथा निशान गाडीको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले राष्ट्रव्यापी रुपमा निःशुल्क मनसुन सर्भिस क्याम्प सञ्चालन गरेको छ । साउन १६ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुनेछ ।

यो निःशुल्क सर्भिस क्याम्पमा ग्राहकले अन्य विभिन्न अतिरिक्त सुविधाहरु जस्तै निःशुल्क गाडी चेक अप, निःशुल्क टप वास, स्पेयर पार्टको खरिदमा २० प्रतिशत सम्म छुट, अन्य एक्सोसरिजहरुको खरिदमा ३० प्रति छुटलगायत बाढीले क्षति भएका निशान तथा डाट्सन गाडीेलाई विशेष सुविधा प्रदान गरिने छ ।

यो सर्भिस क्याम्प पायोनियर मोटो कर्पले आफ्ना ग्राहकसमक्ष उत्कृष्ट एवं ग्राहकमुखी उच्चतम् अनुभव प्रदान गर्न गरिएका एक पहल हो ।