भारतीय मुलकी प्रीति बेलायतको गृहमन्त्री

अर्थमन्त्रीमा पाकिस्तान मुलका जाविद


 

 

लन्डन (एजेन्सी) ।
बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोनसनले आफनो मन्त्रीमण्डलको गठन गरेका छन् । आप्mनो नयाँ सरकारमा ब्रक्जिट समर्थकहरुलाई विशेष प्राथमिकता दिएका छन् ।

जोनसनले ब्रेक्जिट मुद्दामा उनलाई सहयोग गर्ने सबैलाई पदोन्नती गरेका छन् । जोनसले भारतिय मुलकी प्रिति पटेललाई गृहमन्त्री बनाएका छन् । त्यसैगरि इम्फोसिसका सहसंस्थापक एनआर नारायण मुर्तिका ज्वाईं ऋषी सुनाकलाई वित्त मन्त्री तथा आलोक शर्मालाई अन्तराष्ट्रिय विकास मामिलामा विदेश मन्त्री बनाइएको छ ।

४७ बर्षिय प्रिति बेलायतको उक्त पदमा पुग्ने भारतिय मुलकी पहिलो महिला हुन् । उनी गुजराती मुलकी हुन् र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि समर्थक भएको बताइएको छ । उनी ब्रेक्जिटलाई लिएर टेरिजा मेको नितिहरुको कडा आलोचक थिइन् । यसअघि बेलायतका गृह मन्त्री पाकस्तान मुलका साजिद जाविद थिए । अहिले उनलाई अर्थमन्त्री बनाइएको छ ।

जोनसनले ६० बर्षमा क्याबिनेटमा परिवर्तन गर्ने पहिलो प्रधानमन्त्री बनेका छन् । उनले ब्रेक्जिट मामिालामा सहयोग गर्नेलाई खुला ह«दयले पदोन्नती दिएका छन् । टेरिजा सरकारमा रहेका ११ मन्त्रिलाई उनले बर्खास्त गरेका छन् । ४ मन्त्रिले राजिनामा दिनु परेको छ भने २ जनालाई अवकास लिन बाध्य पारिएको छ ।

यस पटक उनले ३१ जनालाई मन्त्री बनाएका छन् । टेरिजा मेको कार्यकालमा यो संख्या २९ थियो । मन्त्रीहरुका औषत उमेर ४८ बर्ष रहेको छ । यसअघि यो ५१ बर्ष थियो । क्याबिनेटमा महिलाको संख्यामा भने कमी आएको छ । पछिल्लोको ३१ प्रतिशतको तुलनामा क्याबिनेटमा महिलाको संख्या अब २६ प्रतिशतमा खुम्चिएको छ ।

कार्यभार सम्हालेपछि प्रितिले भनिन्– आफनो कार्यकालमा मेरो पहिलो प्रयास हाम्रो देश र यहाँका नागरिक सुरक्षित होस् भन्ने मै केन्द्रित हुनेछ । विगत केही समयदेखि सडकमा पनि धेरै हिँसा देखियो, हामी यसमा पनि रोक लगाउनेछौं । हाम्रो अगाडी केही चुनौतिहरु अवस्य छन् तर हामी सबैलाई ठीक ठाउँमा ल्याउने छौं ।


पद सम्हाल्नु केही घन्टा अगाडी उनले क्याबिनेटले नयाँ बेलायत मात्र नभई नयाँ कन्जरर्भेटिव पार्टीको पनि नेतृत्व गर्न आवश्यक भएको बताइन् ।
कन्जरर्भेटिव पार्टीमा टेरिजा मेलाई हटाएर बोरिस जोनसनलाई प्रधानमन्त्री बनाउनका लागि ‘ब्याक बोरिस‘ अभियान चलाइएको थियो जसमा प्रितिले महत्वपुर्ण भुमिका खेलेकी थिइन् । जोनसन प्रधानमन्त्री बनेपछि नै उनलाई महत्वपुर्ण जिम्मेवारी दिइने निश्चित मानिएको थियो । प्रिति लामो समयदेखि बेलायत युरोपेली युनियनबाट बाहिर निस्कनु पर्ने पक्षमा थिइन् । यसका लािग उनले जुन २०१६ देखि ‘भोट लिभ‘ क्याम्पेन पनि चलाएकी थिइन् ।

सन् २०१७ मा टेरिजाले प्रितिलाई अन्तराष्ट्रिय विकास मामिला मन्त्रीबाट हटाएकी थिइन् । उनी विरुद्ध बेलायतको विदेश विभागलाई सुचना नदिइकन इजरायली अधिकारीहरुसँग छलफल गरेको आरोप लगाइएको थियो । प्रितिले आफनो सफाईमा आफु निजि भ्रमणका क्रममा इजरायल गएको बताएकी थिइन् । त्यतिबेला विदेशमन्त्री जोनसनले उनलाई क्याबिनेटमा फिर्ता ल्याउन अपिल गरेका थिए ।

त्यसैगरी ३८ बर्षिय ऋषी सुनाकको जन्म बेलायत मै भएको थियो । उनकी आमा फर्मासिस्ट हुन भने पिता बेलायतको नेसनल हेल्थ सर्विसमा जनर प्रक्टिसनर हुन् । सुनाकले अक्सफोर्ड र स्टेनफोर्ड युनिभर्सिटीबाट शिक्षा हासिल गरेको हो । सुनाकले कन्जरर्भेटिव पार्टीको टिकटमा सन् २०१५ को चुनाव जितेका थिए । बे्रक्जिट समर्थक भएका कारण उनलाई गत बर्ष टेरिजा मेले क्याबिनेटमा समावेश गरेकी थिइन् ।

अर्का भारिति मुलका आलोक शर्मा जोनसन क्याबिनेटमा अन्तराष्ट्रिय विकास मामिलामा राज्यमन्त्री बनाइएको छ । सन् २०१७ मा आलोक हाउजिंग मन्त्री रहँदा ग्रेनफेल टावर अग्निकान्ड भएको थियो । आलोक पहिलो पटक सन् २०१० मा संसद पुगेका थिए । यसका लागि उनले आफनो लेखा परिक्षक र बैंकिंग करियर छोडेका थिए ।

पाकिस्तान मुलका वित्तमन्त्री
४९ बर्षका साजिद जाविद पाकिस्तान मुलका परिवारमा बेलायतमै जन्मेका हुन् । सन् २०१८ मा टेरिजा मेको सरकारमा उनलाई गृहमन्त्री बनाइएको थियो । उनी बेलायतका पहिलो जातिय अल्पसंख्यक समुदायबाट आएका गृहमन्त्री थिए ।
सन् २०१० देखि ब्रम्सग्रोवबाट सांसद रहेका जाविदको जन्म रकडेलमा एक पाकिस्तानी परिवारमा भएको हो ।