बोटलर्स नेपाललाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड


काठमाडौं, (नेस) । नेपाल चार्टर्ड एकाउन्टेन्टस् अफ नेपाल (आईक्यान) ले कोका–कोला नेपालको बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडलाई बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१८ को रनर अप अवार्डबाट सम्मानित गरेको छ । सन् २०१८ को वार्षिक रिपार्टको प्रस्तुतीमा सबै क्षेत्रमा उत्कृष्टताका लागि यो सम्मान प्रदान गरिएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर सुमित गोयल तथा बोटलर्स नेपालका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका छन् । बोटलर्स नेपाल लिमिटेडले विगत चार वर्षदेखि निरन्तर बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड जित्दै आइरहेको छ ।

बोटलर्स नेपाल लिमिटेडले सन् २०१५, २०१६ र २०१७ मा क्रमशः सेकेन्ड रनर अप, फस्ट रनर अप तथा विजेताको अवार्ड जित्न सफल भएको थियो । यस जितलाई निरन्तर कायम राख्दै बोटलर्स नेपाल लिमिटेड आफ्नो कार्यलाई पारदर्शिता बनाउन र कर्पोरेट गभर्नेन्स पालना गर्न प्रतिबद्ध रहेको छ ।