काल्र्सवर्ग फाउन्डेसनद्वारा वाईजीपी छात्रवृतिका लागि अधिकारी छानिए


काठमाडौं, (नेस) । काल्र्सवर्ग फाउन्डेसनले योङ ग्लोबल पायोनियर्स ( वाईजीपी ) छात्रवृतिको प्रायोजन गर्दैछ । विश्वभरिका युवा वर्गलाई लर्निङ जर्नीको आयोजना गर्नको लागि प्रायोजन गरिएको यस छात्रवृत्तिमा एक इञ्जिनियरिङ विद्यार्थी सारस अधिकारी (२३ वर्षिय) लाई नेपालबाट छानिएको छ । नेपाली हस्तकलालाई प्रवद्र्धन गर्ने सारसको प्रभावकारी व्यवसायको सोचको लागि सारसलाई गोर्खा बु्रअरीले अभिनन्दन गरेको छ । विश्वभरिका हजारौं सहभागीमध्ये सारसलाई छानिएको हो ।

वाईजीपी २०१९ लर्निङ जर्नी, युवाको विश्वव्यापी कार्यक्रम हो, जसको थालनी काल्र्सवर्ग फाउन्डेसनद्वारा गरिएको हो, जसले १६ देशबाट २२ युवालाई एक साथ राखेर उनीहरुको विचार एक–आपसमा बा“ड्न पे्ररित गर्दछ । यस फाउन्डेसनले नेपालबाट सारस अधिकारीलाई छानेको छ, जसले अन्य सहभागीका साथ ३ हप्ताको यात्राको लागि तान्जानियामा स्थानीय सहभागीस“ग भेट्न, विश्वविद्यालय एवं विजनेस हाउस भ्रमण गर्न र युवा इलिट उद्यमीहरुस“ग भेटेर उनीहरुको अनुभव र अन्तदृष्टि बुझ्ने मौका प्राप्त गर्नेछन् । समग्रमा भन्नु पर्दा वाईजीपी लर्निङ प्रोग्रामले उत्कृष्ट प्रतिभाहरुका लागि विश्वभरि नेटवर्क बनाउ“छ, गोर्खा बु्रअरीका बजार निर्देशक वैभव शर्माले कार्यक्रमको अन्तरालमा बताउनुभयो ।