पाँचौं व्यवस्थापन तथा आईटी शिक्षा मेला हुने


काठमाडौं, (नेस)
आइतबारदेखि राजधानीमा पा“चौ व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेसन फाउन्डेसनले साउन १२ र ३३ मा काठमाडौंको बुद्धनगरस्थित हिरा पार्टी प्यालेसमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, बीटीटीएम, बीबीएम, बीएचटीएम, बीएसडब्लु, बीबीएस, बीबीए बीआइ, बीई, बीडिएफइन, बिडिइभ्सलगायतका शैक्षिक उपाधि प्रदान गर्ने ३१ शैक्षिक संस्थाहरुको सहभागिता रहने राजधानीमा बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

झण्डै ५० वटा स्टल रहने सो दुई दिने शैक्षिक मेलामा करिब चार हजार विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आईटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउन्डेशनका अध्यक्ष सञ्जय मण्डलले बताउनुभयो ।

मेलामा पोखरा विश्वविद्यालयका पा“च शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौं विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पा“च वटा नेपाली विश्वविद्यालयका कलेजहरु, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा युके, मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिनुभयो ।