संघीय बजेटभन्दा प्रदेशको पुँजीगत खर्च कम

0
Shares

विष्णु तिमिल्सिना, बर्दिया  ।
आर्थिक वर्ष २०७५÷०७६ मा बर्दिया जिल्लामा विभिन्न सरकारी कार्यालयलाई पु“जीगततर्फ संघीय बजेट ८० दशमलव ६० प्रतिशत र चालूतर्फ ९५ दशमलव ८४ प्रतिशत रकम खर्च भएको छ भने प्रदेशतर्फको बजेटमा पु“जीगत खर्चतर्फ ७१ द्यशमलव ११४ र चालूतर्फ ८३ दशमलव ९११ प्रतिशत खर्च भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बर्दियाका अनुसार गत वर्ष संघीय बजेटतर्फ पु“जीगत खर्च कुल २ अर्ब ६२ करोड ७५ लाख ८० हजार रुपिया“ बजेट रहेकोमा जम्मा २ अर्ब ११ करोड ७९ लाख ११ हजार ६ सय ६६ रुपिया“ मात्र खर्च भई ५० करोड ९६ लाख ६८ हजार ३ सय ३३ रुपिया“ फ्रिज भएको छ ।

त्यसै गरी चालूतर्फ जम्मा ५ अर्ब ८० करोड ३४ लाख २८ हजार २ सय २८ रुपिया“ कुल बजेट रहेकोमा असार मसान्तसम्म जम्मा ५ अर्ब ५६ करोड २४ लाख ४६ हजार ६ सय ४८ रुपिया“ निकासा तथा खर्च भई २४ करोड ९ लाख ८१ हजार ७ सय ४५ रुपिया“ खर्च हुन नसकी फ्रिज भएको छ । त्यस्तै प्रदेशतर्फको पु“जीगत खर्चका लागि कुल १५ करोड ६४ लाख ७१ हजार रुपिया“ बजेट रहेकोमा जम्मा ११ करोड १२ लाख ७३ हजार २ सय २४ रुपिया“ खर्च भई जम्मा ४ करोड ५१ लाख ९७ हजार ७ सय ७५ रुपिया“ फ्रिज भएको छ ।

साथै गत वर्ष बर्दिया जिल्लामा कुल राजस्व आम्दानी संघीयतर्फ ३० करोड ६९ लाख ४८ हजार ४ सय ८१ रुपिया“ संकलन भएको छ भने प्रदेशतर्फ कुल २ करोड ५० लाख ३५ हजार ९ सय ४८ रुपिया“ मात्र संकलन भएको छ ।
त्यस्तै धरौटी आम्दानी संघीयतर्फ ३ करोड १ लाख ८४ हजार ४ सय ५६ रुपिया“ आम्दानी भएको छ भने धरौटी फिर्ता खर्च १ करोड ६७ लाख ७४ हजार ४ सय ६३ रुपिया“ भएको छ । प्रदेशतर्फ धरौटी आम्दानी ४ करोड ३५ लाख ९० हजार ५ सय ६९ रुपिया“ रहेको छ भने धरौटी फिर्ता खर्च १३ लाख १७ हजार ६ सय ४१ रुपिया“ भएको छ ।

गत वर्ष काम सम्पन्न नगरी विनियोजित रकममध्ये सबैभन्दा बढी रकम फ्रिज गर्नेमा बबई सि“चाइ आयोजना रहेको छ । उक्त आयोजनाको बार्षिक बजेट १ अर्ब २ करोड ९० लाख रुपिया“ रहेकोमा ७३ करोड ६८ लाख ६३ हजार ८ सय ९१ रुपिया“ मात्र खर्च भई २९ करोड २१ लाख ३६ हजार १ सय ९ फ्रिज भएको छ ।

यसै गरी बबई भादा औराही नदी व्यवस्थापन आयोजनाको कुल वार्षिक बजेट १ अर्ब १ करोड ६३ लाख रुपिया“ रहेकोमा जम्मा खर्च ९२ करोड ४६ लाख १३ हजार ८६ रुपिया“ खर्च भई ९ करोड १६ लाख ८६ हजार ९ सय १४ रुपिया“ फ्रिज भएको छ । जिल्लामा धेरै रकम फ्रिज गर्ने तेस्रो कार्यालयमा कर्णाली नदी व्यवस्थापन कार्यालय रहेको छ । उक्त कार्यालयको वार्षिक बजेट ३१ करोड रहेकोमा जम्मा २५ करोड ९५ लाख ९३ हजार ७ सय ५८ रुपिया“ खर्च भई ५ करोड ४ लाख ६ हजार २ सय ४२ रुपिया“ फ्रिज भएको छ ।

प्रदेशतर्फ ९ वटा कार्यालयको कुल बजेट चालूतर्फ खुद बजेट १३ करोड ९ लाख १६ हजार ५ सय रहेको थियो भने असारसम्मको १० करोड ९८ लाख ५४ हजार १ सय २४ रुपिया“ खर्च भएको छ । पु“जीगत तर्फ खुद बजेट १५ करोड ६४ लाख ७१ हजार रुपिया“ रहेको थियो भने असारसम्मको खर्च जम्मा ११ करोड १२ लाख ७३ हजार २ सय २४ रुपिया“ भएको छ । प्रदेशतर्फ कुल ६ करोड ६२ लाख ६० हजार १ सय ६० रुपिया“ फ्रिज भएको छ ।