बाढीका कारण लाखौंको तरकारी नष्ट


सरोज यादव, विराटनगर ।
असार अन्तिम साता आएको बाढीका कारण मोरङका किसानले लगाएको तरकारी बाली नष्ट भएको छ । बाढीको पानी खेतबालीमा पस्दा उनीहरुले लाखौं मूल्य बराबरको क्षति बेहोर्नुपरेको हो ।

मोरङको कटहरी गाउ“पालिकाकी ५५ वर्षीय उर्मिलादेवी सिंह यतिखेर सुकेको बोटबाट खोर्सानी केलाउन व्यस्त हुनुहुन्छ । असार अन्तिम साता आएको बाढी तरकारी खेतमा पस्दा साढे २ कट्ठा क्षेत्रफलमा लगाएको खोर्सानी बोटसहित सुकेपछि उहा“ यतिखेर खोर्सानी केलाउ“दै हुुनुहुन्छ । बाढीको पानीका कारण सिंहले १० कट्ठा बढी खेतमा लगाएको परबल, बैगुन, कांक्रा र घिरौलालगायतका अन्य सब्जीसमेत बोटसहित सुकेको उहा“ले जानकारी दिनुभयो ।

उर्मिलाजस्तै सोही ठाउ“का कर्धन सिंहले १० कट्ठा खेतमा लगाएको लगाएको तरकारी समेत नष्ट भएको छ । ऋण गरेर लगाएको तरकारी बाढीको कारण खेतमै सुकेपछि उहा“ चिन्तित हुनुभएको हो । तरकारी खेतीबाटै परिवारको वर्षभरि खानपिनका साथै बालबच्चालाई समेत पढाउ“दै आउनुभएका उहा“ अब वर्षभरिको खर्च कसरी चलाउने भनेर चिन्तित हुनुभएको छ ।

बाढीको पानी खेतबालीमा पस्दा सिंहद्वय जस्तै कटहरी–४ का अधिकांश किसानले लगाएका सब्जी खेतमै नष्ट भएको छ । स्थानीय लोहन्द्रा र जुडी खोलाको पानी गाउ“पस्दा तरकारीको पकेट क्षेत्रको रुपमा रहेको कटहरी–४ मा व्यापक क्षति पुगेको हो । बाढीको पानीले लगाएको तरकारी बाली नष्ट गर्नुका साथै खेतमा बालुवासमेत थुपारिदिएको छ ।

खेतीयोग्य जग्गामा बालुवा थुप्रिएका कारण त्यसले दीर्घकालसम्म उब्जनी प्रभावित हुने किसानहरुले बताएका छन् । बाढीको कारण तरकारीको पकेट क्षेत्र कटहरीमा ब्यापक क्षति पुगेको गाउ“पालिका प्रमुख रामकुमार कामतले जानकारी दिनुभयो । क्षतिको विवरण उठाउने काम भइरहेको उहाँको भनाइ छ । तरकारी खेतीलाई संरक्षित गर्नुका साथै स्थानीयबासीले बाढीका कारण प्रत्येक वर्ष बेहोर्दै आएको बाढीको पीडालाई कम गर्न स्थानीय खोलालाई तटबन्ध गरेर नियन्त्रण गर्नुपर्ने स्थानीयले माग गरेका छन ।