नक्कली सवारी चालक अनुमति पत्र बिक्री गर्ने अर्याल पक्राउ


बारा ।  प्रहरीले बाराबाट नक्कली सवारी चालक अनुमतीपत्र बनाएर बिक्री गर्ने एकजनालाई बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरका ३१ बर्षिय दीपक अर्याल रहेका छन ।

स्थानियलाई झुक्याएर ‘स्मार्ट लाईसेन्स’ बिक्री गरेको पाईएपछि उनलाई बाराको जीतपुर बजारबाट नियन्त्रणमा लिईएको जिल्लाका प्रहरी प्रबक्ता रञ्जितसिंह राठोरले जानकारी दिनुभयो । ‘अर्यालले ‘हेबी’ सवारी चाकलसँग प्रतिब्यक्ति ५० हजार र ‘लाईट’ सवारी चालकसँग प्रतिब्यक्ति १० हजार रुपैयाँ लिएर स्थानीय एक दर्जन ब्यक्तिलाई ठगी गरेको पाईएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक राठोरले बताउनुभयोे ।

प्रहरीले उनीबाट पाँच थान नक्कली सवारी चालक अनुमतिपत्र र सवारी चालक अनुमति पत्र लिन बुझाएको रसिद भरपाइसमेत बरामत गरेको थियो । उनीलाई प्रहरीले लिखत कीर्ते अभियोगको मुद्धा दर्ता गरिएको हाल जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुन्धान भैरहेको बताएको छ ।