सवारी दुर्घटनामा परी १ को मृत्यु


तनहुँ । सवारी दुर्घटनामा परी एकजना पैदल यात्रीको मृत्यु भएको छ । आबुखैरेनी गाउँपालिका २ बगुवास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट बिहीबार बिहान गम्भीर घाइते भएका पैदल यात्रको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थान बस्ने ७९ वर्षीय खड्क बहादुर दर्लामी रहेका छन् । उपचारको क्रममा छिम्केश्वरी अस्पताल आबुखैरेनीमा उनको मृत्यु भएको छ । फरार सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस विषयमा आवश्यक अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।