गुटगत स्वार्थले कांग्रेस निकट प्राध्यापक हैरान


रामकृष्ण चापागाईं, काठमाडौं ।
प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेस निकट प्राध्यापकहरुको गुटगत स्वार्थ नमिल्दा नेपाल प्राध्यापक संघको महाधिवेशनले नेतृत्व चयन गर्न सकेको छैन । साथै कांग्रेस निकट प्रजातन्त्रबादी प्राध्यापक संघ नेपालको स्वार्थले चुनाव रोकिएको आरोप पनि लागेको छ ।

असार १९ गते देखि शुरु भएको नेपाल प्राध्यापक संघको १६औं महाधिवेशनले नेतृत्व चयनका लागि शुरु गरेको निर्वाचन प्रक्रिया सहमतिको नाममा अहिले स्थगित छ । गठबन्धन समर्थित प्राध्यापकसंग सहमति भए पनि आफ्नै पार्टीभित्रको गुट मिलाउन नसकेको कारण नेपाल प्राध्यापक संघको महाधिवेशन अनिर्णयको बन्दी बनेको प्राध्यापकहरुले बताएका छन् ।

अध्यक्ष सहित २१ जना कार्यसमिति रहने प्रावधान रहेको नेपाल प्राध्यापक संघमा अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने प्रावधान छ भने २० सदस्य एकल संक्रमणिय निर्वाचन प्रणाली मार्फत चुनिने व्यवस्था छ । कम्युनिष्ट समर्थितहरुसंग सहमति भएपनि कांग्रेस समिर्थित प्राध्यापकहरुको कारण निर्वाचन प्रक्रिया अघि नबढेको प्रजातन्त्रबादी प्राध्यापक संघका अध्यक्ष जगत तिमल्सिना स्वीकार्नुहुन्छ ।

नेपाल प्राध्यापक संघको महाधिवेशनमा प्राध्यापकहरुको वैचारिक संगठनहरु वीच पुर्व कांग्रेस निकट खेमालाई अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्ष सहित ८ सदस्य गरि सहित ११ जना र कम्युनिष्ट निकट खेमालाई महासचिव र सचिव सहित ८ सदस्य गरि १० जना कार्यसमितिमा राख्ने सहमति भएको थियो । नेपाल प्राध्यापक संघको विधान अनुसार अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने र अन्य २० समानुपातिक प्रकृयाबाट निवाचित हुने हुँदा अध्यक्ष र सम्पूर्ण पधाधिकारी सहित प्रजातन्त्रवादीका १३ जना र बामगठबन्धनका ८ जना निर्वाचित हुने देखिन्छ ।

श्रावण ४ गते निर्वाचन गर्ने कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्दा प्रजातन्त्रवादी प्राध्यापकहरु मध्य ८ जनाले वागि उम्मेदवार दिए पनि सहमतिको नाममा पुर्वनिर्धारित निर्वाचनको कार्यक्रम स्थगित भयो । अध्यक्षमा भने प्रजातन्त्रवादी समर्थित प्रा.डा. वुद्धवहादुर थापा एकजनाको मात्र उम्मेदवारी परेको छ ।

नेपाल प्राध्यापक संघको अधिवेशनमा भएको विवादबारे प्रजातन्त्रवादी प्राध्यापकसंघका अध्यक्ष जगत तिमल्सिना भन्नुहुन्छ– हाम्रो संगठनमा रहेको ३५ जनाको छनौट समितिले व्यापक छलफल गरि ११ जनाको नामावली तयार परि उम्मेदवारी दिएपनि ८ जनाले बागि उम्मेदवारी दिएपछि विवाद बढेको हो । तिमल्सिना कांग्रेस सभापति शेरवहादुर देउवा निकट हुन । तिमल्सिनाले नेपाल समाचारपत्रसंग कुरा गर्ने क्रममा कांग्रेस भित्रको अर्को गुट सिटौला निकट प्राध्यापकहरुले बागी उम्मेदवारी दिएको संकेत गरे ।

प्राध्यापक संघमा सिटौला निकट नेता एवं संघका पुर्व सभापति भीमसेनदास प्रधानले कोषाध्यक्षमा डा. सत्यनारायण चौधरीलाई बनाउन खोजेको स्रोतको भनाइ छ । तर, सिटौला निकट मानिने प्राध्यापकहरु भने यो कुरा स्वीकार्दैनन् । पार्टी सभापति देउवा निकटले प्राध्यापक संघमा कब्जा गर्न खोजेको आरोप लगाउछन् ।

कांग्रेस समर्थित प्राध्यापकहरु वीच दुई समुह रहेको व्यापक छलफल गरि सहमति पनि भएको भन्दै राजनीतिशात्र शिक्षा केन्द्रिय विभाग किर्तिपुरका निवर्तमान विभागिय प्रमुख केशवराज पौडेल भन्नुहन्छ– अध्यक्ष जगत तिमल्सिनाले सहमति विपरित आफ्ना मान्छेको मात्र उम्मेदवारी दर्ता गरेपछि बागि उम्मेदवार बढेका हुन् ।

समाचार स्रोतका अनुसार निर्वाचन तोकिएको अघिल्लो दिन कांग्रेस निकट प्राध्यापकहरुलाई मिलाउन रातभरी छलफल भएको थियो । जम्मा महाधिवेशन प्रतिनिधि मध्य कांग्रेस निकट प्रतिनिधिको संख्या १ सय ९० रहेको बताइएको छ । महाधिवेशनमा सहभागि कांग्रेस निकट प्राध्यापकहरुको दुई समुह वीच सभापति लिनेले सभापति सहति ५ सदस्य र उपाध्यक्ष र कोषाध्यक्ष लिनेले ६ सदस्यले उम्मेदवारी दिने सहमति भएको थियो ।

पछि सभापति शेरवहादुर देउवापक्षले उपाध्यक्ष र कोषाध्यक्ष सहित ५ जना भन्दा दिन सक्दन भनेको स्रोतको दाबी छ । प्राध्यापक प्रकाश सिंह प्रधान, जगत तिमल्सिना लगाएतको रातभरी भएको दुईपक्ष वार्तामा सभापति दिने भए प्रा.डा. हरिदर्शन श्रेष्ठलाई बनाउने कुरा भएको थियो । सभापतिमा तिमल्सिना समुहले प्रा.डा. वुद्धवहादुर थापालाई लैजाने भएपछि अर्को पक्षले उपाध्यक्षमा डा. रमेश जोशी र कोषाध्यक्षमा डा. सत्यनारायण चौधरी लैजाने कुरा भएको थियो ।

रातभरी छलफल गरी विहान ४ वजे कुरा टुङ्गिए पनि भोलीपल्ट ४ गते उम्मेदवारी दर्ता गर्दा प्रजातन्त्रवादी प्राधयापक संघका अध्यक्षले सबै नाम हटाएर १ जना डा. तोरणप्रसाद धितालको मात्र नाम राखेर बाकी सबै आफ्नो पक्षको मात्र उम्मेदवारी दर्ता गराएपछि बागी उम्मेदवार दिएको गौरीप्रसाद दवाडी बताउनुहुन्छ ।

कांग्रेस विचारधार निकट प्राध्यापकहरुले प्रजातन्त्रबादी प्राध्यापक संघले स्वार्थ अनुसार बामपन्थिहरुसंग गठबन्धन गरेको र क्लष्टर अनुसार पनि उम्मेदवार नछानेको आरोप लगाएका छन् । नेपाल प्राध्यापकसंघमा सबै पदाधिकारी सहित १३ सदस्य प्रजातन्त्रवादीको हुनुपर्ने स्पष्ट देखिएको बताउदै उनिहरुले विभिन्न विश्वविद्यालयमा पदाधिकारी खाने दाउपेचका साथ पादाधिकारी सहित १० सदस्य बामपन्थि समुहलाई दिएको बताएका छन् ।

नेपाल प्राध्यापक संघमा देशभरबाट आएका ३ सय २२ जना महाधिवेशन प्रतिनिधिमध्य प्रजातान्त्रिक विचारधाराका मधेशवाट प्रतिनिधित्व गर्ने ३९ जना प्रतिनिधि छन् । यो हिसावले मधेशको दुई जनाले उम्मेदवारी दिनुपर्नेमा तिमल्सिनाले एकजनापनि नराखेको बताईएको छ । महाधिवेशनमा पब्लिक क्याम्पसबाट प्रतिनिधित्व गर्ने प्रजातान्त्रिक विचारधाराका ७२ प्रतिनिधि छन् । कार्यसमितिमा पब्लिक क्याम्पसबाट ५ ले पाउनुपर्ने हो तर २ जनालाई मात्र उम्मेदवार बनाइएको बताइएको छ । दुईजना मध्य एकजना क्याम्पसचिफ लाई उम्मेदवार बनाइएको सिटौला पक्षको आरोप छ ।

प्रजातान्त्रिक विचार समुहका त्रिविबाट प्रतिनिधित्व गर्ने ६३ मध्य ७ जनालाई कार्यसमितिमा उम्मेदवार बनाइएको छ भने सस्कृत विश्वविद्यालयबाट १ जना र सुुपश्चिम विख्वविद्यालयबाट १ जना उम्मेदवार बनाइएको छ ।

सह प्राध्यापक डा सत्यनारायण साह भन्न्ुहुन्छ– ५० जना साधारण प्राध्यापकको १ जनाले प्रतिनिधित्व गर्ने क्षमता राख्ने ४१ जना महाधिवेशन प्रतिनिधि मधेस मूलका छन अर्थात करिव २ हजार प्राध्यापकको प्रतिनिधि भएर आएका ४१ जना मधेसी प्राध्यापकहरु कसैलाई पनि प्रजातन्त्रवादी प्राध्यापक संघले उम्मेदवार नबनाएकाले हामीले उम्मेदवारी दिएका छौं र निर्वाचनबाट हाम्रो सिट सुरक्षित गर्दछौं । उहाका अनुसार प्रदेश नम्बर १ बाट कुनै पनि प्रतिनिधित्व छैन ।

महाधिवेशनमा प्रतिनिधित्व गर्ने सदस्यको अनुपातमा हेर्दा त्रिविका १ सय ४०, पब्लिक क्याम्पसका १ सय २०, नेपाल संस्कृतका २० र अन्य विश्वविद्यालयहरुका ४० गरी ३ सय २० जना प्रतिनिधि भएको भन्दै डा विपिन कुमार राय भन्नुहुन्छ– यस निर्वाचनमा विधान अनुसार समानुपातिक प्रतिनिधित्व गराउदा त्रिविले पाउने ९ मा १३, पब्लिक क्याम्पस प्राध्यापक संघले पाउनुपर्ने ८ मा ३ मात्र, नेपाल संस्कृत विश्वविद्यालयले १ मा २, सुपविश्वविद्यालयले १ मा २ र अन्य ८ वटा विश्वविद्यालयहरुबाट कुनै पनि व्यक्ति र समूहको प्रतिनिधित्व गराएको देखिदैन । यसरी हेर्दा त्रिविभित्रकै समूहहरुले नेपाल प्राध्यापक संघ कब्जामा राख्न खोजेको देखिन्छ उहाको भनाई छ ।

निकट भविश्यमा विभिन्न विश्वविद्यालयहरुमा खालि हुन लागेको पदाधिकारीहरुमा आफू र आफ्ना मान्छेहरुलाई राख्ने गोप्य सहमति गरि प्रजातन्त्रवादी प्राध्यापक संघका पदाधिकारीले नेपाल प्राध्यापक संघको महासचिव र सचिवसहित २ पद बामपन्धी गठबन्धनलाई दिएर निर्वाचन भाड्ने खेल खेलेको आरोप पनि आइरहेको छ केन्द्रिय निर्वाचन समितिका अध्यक्ष प्रा.डा. रामप्रसाद ज्ञवालीले भने समितिको लागि केहि दिनलाई निर्वाचन प्रक्रिया रोकेको बताउनुभएको छ ।