बाढीले १५ करोडको तरकारी नष्ट


हेटौंडा, (नेस) ।
वर्षा र बाढीका कारण मकवानपुरको उत्तरी क्षेत्रका किसानले लगाएको करोडौं मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ । उत्तरी क्षेत्र देशमै ‘तरकारीको राजधानी’ का रुपमा परिचित छ ।

थाहानगरमा मात्रै एक सातामा चार हजार रोपनीभन्दा बढीमा लगाइएको तरकारी नष्ट भएको छ । बाढीले तरकारी बालीस“गै खेतीयोग्य जमिन बगाएर बगरमा परिणत गरेको छ ।

बडा–२ को ठूलोबेंसी फा“टमा लगाइएको खेती नष्ट भएको छ । बाढीले किसानको १५ करोडभन्दा बढीको तरकारी खेती नष्ट भएको अनुमान छ । प्रारम्भिक विवरणअनुसार ४ हजार रोपनी क्षेत्रमा लगाएको तरकारी र ६ सय १० रोपनी क्षेत्रमा लगाइएको अन्य बाली नष्ट भएको थाहानगर कृषि विकास शाखाले जनाएको छ । बाढीले ५ परिवार घरबारबिहीन, ३ सयभन्दा बढी घर जोखिममा परेको नगरपालिकाले जनाएको ।

बाढीले थाहानगर–२, ७ र ८ सडक सञ्जालबाट बिच्छेद गरेको छ । पानीले सडक भत्काएपछि सडक सम्पर्कबिहीन भएको हो । दामन–डा“डाबास सडकको भुङ्दलदेखि भैरवथानसम्मको पिच सडक बाढीले भत्काएको छ । नगर प्रमुख लवशेर बिष्टले बजेटलाई हेरफेर गरेर भए पनि बाढीपछिको पुनर्निर्माणमा पहल गर्ने आश्वासन दिनुभएको छ ।