लक्ष्यभन्दा १४ प्रतिशतले कम भन्सार राजस्व कम उठ्यो


कृष्णउदास खनाल, वीरगन्ज ।
यसपटक पनि वीरगन्ज भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलनमा असफल भएको छ । कार्यालय आर्थिक वर्ष २०७४÷०७५ मा जस्तै आर्थिक वर्ष २०७६÷०७६ मा पनि लक्ष्यअनुसार भन्सार राजस्व संकलन गर्न असफल भएको हो ।

वीरगन्ज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालय दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल देखिएका हुन् । आर्थिक वर्ष २०७३÷०७४ मा दुवै भन्सार कार्यालयले लक्ष्यभन्दा बढी नै राजस्व संकलन गरेका थिए ।

भन्सार राजस्व असुलीमा अग्रस्थानमन रहेको भन्सार कार्यालयको रुपमा परिचित वीरगन्ज भन्सार कार्यालय र रेलमार्ग जोडिएको सिर्सिया सुख्खा बन्दरगाह दुवैले दुई आर्थिक वर्षदेखि विभागले दिएको लक्ष्य भेट्टाउन सकेका छैनन् ।

वीरगन्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा १ खर्ब ४७ अर्ब ५३ करोड १३ लाख ७५ हजार राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८५.९७ प्रतिशत अर्थात लक्ष्यभन्दा १४.०३ प्रतिशतले कम हो । भन्सार विभागले कार्यालयलाई गत आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब ६० करोड ५८ लाख ४६ हजारको लक्ष्य दिएको थियो ।विभागले दिएको लक्ष्यभन्दा २४ अर्ब ७ करोड ४४ लाख कम राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा पनि वीरगन्ज भन्सार कार्यालयले विभागले दिएको लक्ष्य भेट्टाउन सकेको थिएन । आर्थिक वर्ष २०७४÷०७५ मा विभागले कार्यालयलाई १ अर्ब ३४ अर्ब ३९ करोड २४ लाख २५ हजार रुपिया“ राजस्व संकलन गर्ने लक्ष्य दिएको थियो ।भन्सार विभागले यस भन्सार कार्यालयलाई १ खर्ब ३४ अर्ब ३९ करोड २४ लाख ३५ हजारको लक्ष्य दिएको थियो । तर, उसले १ खर्ब ३१ अर्ब ३१ लाख १७ हजार मात्र राजस्व उठाएको थियो ।

वीरगन्ज भन्सार कार्यालयबाट सवारी साधन तथा त्यसको पाटपूर्जा, पेट्रोलियम पदार्थ, पत्थरकोइला, फलामे छड डन्डी, पाइप, सिमेन्ट क्लिंकर, तयारी कपडा, हल्का पेय पदार्थका कन्सन्ट्रेड, औद्योगिक मेसिनरी तथा कच्चापदार्थ लगायतका मालबस्तु आयात हुने गरेको छ ।

उता, सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले लगातार दोस्रो वर्ष राजस्व संकलनको लक्ष्य भेट्टाउन असफल भएको छ । ड्राइपोर्ट भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार मात्र राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ८९.३६ प्रतिशतमात्रै हो । लक्ष्यभन्दा ३ अर्ब ८४ करोड १८ लाख ५३ कम राजस्व संकलन भएको सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा ड्राइपोर्ट भन्सार कार्यालयले ३२ अर्ब २५ करोड १३ लाख ४९ हजार रुपिया“ राजस्व असुली गरेको थियो । जुन लक्ष्यको ८९.३६ प्रतिशत हो । उक्त आर्थिक वर्षमा विभागले कार्यालयलाई ३६ अर्ब ९ करोड ३२ लाख २ हजारको लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्यभन्दा १ अर्ब ९५ करोड ९० लाख ६७ हजार कम राजस्व संकलन गरेको थियो ।