मौद्रिक नीति सार्वजनिक, ब्याजदर करिडोरमा थप कडाई


न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बुधबार आथिर्क वर्ष २०७६ ७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर करिडोरमा थप कडाई गर्ने बताउनुभएको छ ।

बजेटले भनेकै अनुसार आर्थिक वृद्धिदर हात पार्न मौद्रिक व्यवस्था गरिने नीतिमा उल्लेख छ ।

विशेष पुनर्कजा र ब्याजदर यथावत राखिएको छ । विदेशबाट कर्जा ल्याउन सहज व्यवस्थाहरु गरिएका छन् ।

सुनलाई निक्षेपको रुपमा जम्मा गर्ने नितिगत व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।