सहकारी संस्थाहरू गाभिँदै


काभ्रे (नेस) ।
सामुदायिक बचत तथा सहकारी संस्थाले फेरि दुई सहकारीस“ग एकीकरण सम्झौता गरेको छ । मंगलबार पनौतीको बल्थलीमा गाउ“वेशी साना किसान कृषि सहकारी र कुशादेवीमा रहेको जनजीवन बचत तथा ऋण सहकारीस“ग एकीकरण सम्झौता गरेको हो ।

गउ“वेशी साना किसान कृषि सहकारीले ४ सय ५० जना शेयर सदस्यको ६० लाख कुल पु“जी परिचालन गरेको छ भने जनजविन बचत तथा ऋण सहकारीले ३ सय जना शेयर सदस्यमा ५० लाखको पु“जी परिचालन गरेको छ । सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले दुई महिनाको अवधिमा बासडोल सामुदायिक बहुद्देश्यीस सहकारी र मिलिजुली नारी चेतना बचत तथा ऋण सहकारी संस्थास“ग एकीकरण सम्झौता गरिसकेको छ ।

पा“च वटा सहकारी संस्था एकीकरणपश्चात सामुदायिकको अब २ अर्बको हाराहारीमा पु“जी पुग्ने र २५ हजारभन्दा बढी शेयर सदस्य हुने छन् ।
सामुदायिक बचत तथा ऋण सहकारीले २३ प्रकारका बचतका शीर्षकमा १ अर्ब ३० करोड बचत संकलन गरी १७ शीर्षकमा १ अर्ब ४६ करोड सदस्यलाई नै ऋण परिचालन गरिरहेको छ ।