श्रेष्ठलाई डीनको जिम्मेवारी


काठमाडौं, (नेस)
अनरी कन्सुलर कर्पस् नेपालको डीनको कार्यभार नेपालका लागि दक्षिण अफ्रिकाका वाणिज्यदूत तथा पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठले प्राप्त गर्नुभएको छ । उहा“को एक वर्ष अवधि हुनेछ ।

श्रेष्ठले दक्षिण अफ्रिकाको वाणिज्यदूतको रुपमा विगत १६ वर्षदेखि जिम्मेवारी वहन गरिरहनु भएको छ । विगतमा उहा“ कन्फिडरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कर्मस एन्ड इण्डष्ट्रीको उपाध्यक्ष र नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुनुहुन्थ्यो । उहा“ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थामा रही महत्वपूर्ण जिम्मेवारी पूरा गरिसक्नु भएको छ ।