सिप्रदीयनद्वारा राहत वितरण


काठमाडौं, (नेस) ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुरस्थित बाढी प्रभावित परिवारलाई आधारभूत आवश्यकताका सामग्री राहतस्वरुप वितरण गरेको छ ।

मनसुनका कारण देशैभरीका ३१ भन्दा धेरै जिल्ला प्रभावित भएका छन् । जसका कारण ११ हजार ८३९ भन्दा धेरै घरबार विहीन भएका छन भने ९० भन्दा धेरैले ज्यान गुमाएको पुष्टि भइसकेको छ । सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रतिघर २५ किलो चामल, १.५ किलो दाल, १ किला नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामग्री राहतस्वरुप वितरण गरेको छ ।