कर छुटप्रति महानगरबासी आकर्षित


 

काठमाडौं, (नेस)  ।
काठमाडौं महानगरपालिकाले लिने स्थानीय कर शीर्षकमध्ये सम्पत्ति करमा असोज मसान्तसम्म १० प्रतिशत छुटको व्यवस्था गरेपछि सबै वडामा अहिले करदाताको भीड लागको छ । सम्पत्ति करमा दिइएको छुटस“गै यस वर्ष करको दायरा बढाउने उद्देश्यले बिगत वर्षमा करवापतको बक्यौता रकममा जरिवाना नलिने निर्णय गरिएको काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिनुभयो ।

कामपा वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले अरुबेला औसत दैनिक सय जना सेवाग्राही सेवा लिन आउने गरेको जानकारी दिनुभयो ।साउन र भदौ महिनामा महानगरले दिएको कर छुटका कारण सेवाग्राहीको संख्या बढी हुने उहा“को भनाइ छ । उहा“का अनुसार अहिले करदाताबाहेक जग्गाको किचलो परेर मिलाइ माग्न आउने, लेनदेन नमिलेर उजुरी बोकेर आउने, घरायसी विवाद बोकेर आउने सेवाग्राहीको संख्या पनि उल्लेख्य हुन्छ । कामपाका सबै वडाले साउने २० गतेपछि भौतिक पूर्वाधारका काम थाल्ने भएको छ । अहिले महानगरबाट बजेट निकासा नआएको कारण अहिले कर बुझ्ने काम मात्र भएको उहा“ले बताउनुभयो ।

राजस्व विभागका प्रमुख न्यौपानेका अनुसार ‘क’ वर्गका भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जस्तै आवासीय घर बनाउ“दा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको छ । व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङका लागि स्थान उपलब्ध गराउने स्थानीयलाई सम्पत्ति करमा लाग्ने कर ५ वर्षका लागि छुट हुने व्यवस्था गरेको छ । बहाल करबाट वार्षिक १ लाख रुपैयाँसम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिएको छ । नया“ घर बनाउ“दा कसैले परम्परागत शैली अबलम्बन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । धारा, बत्ती जडान गर्न सिफारिस लिन आउने करदाताले २१ सालको नापी नक्सामा घर उल्लेख भएको देखाउन सके १ हजार रुपिया“मा सिफारिस दिने निर्णय गरिएको छ । अन्यले लागि यस सिफारिसका लागि ५ हजार रुपिया“ शुल्क तिर्नुपर्छ ।