तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिन्छ: अर्थमन्त्री


नेपाल समाचारपत्र, काठमाडौं  ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान, बैंक खातामार्फत तलब भुक्तानी, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीलगायतका नियम लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताउनुभएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीस“ग अर्थ मन्त्रालयमा मंगलबार भएको छलफलमा अर्थमन्त्री खतिवडाले यी प्रावधान लागू गर्न मन्त्रालयले परीक्षण तथा प्रवद्र्धनको समय राखेको बताउनुभयो । यसका लागि समय थप गर्न मन्त्रालय सकारात्मकसमेत रहेको भन्दै अर्थमन्त्री खतिवडाले प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था र मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीलगायतका तीन महिनाका लागि पुरानै व्यवस्थामा काम गर्न सकिने बताउनुभयो ।

नेपालको अर्थतन्त्रमा ठूलो योगदान पु¥याउ“दै आएका साना तथा घरेलु उद्योगको प्रवद्र्धनमा सरकार लागेको भन्दै उहा“ले यस्ता उद्योगको उत्पादन लागत घटाउन प्रविधि सहयोग गर्न सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन महासंघको आग्रहलाई सम्बोधन गर्दै उहा“ले प्यान, मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणालीलगायतका ा नियम केही समयका लागि लागू गर्न के कस्तो तयारी गर्नुपर्छ कार्यदलमार्फत सम्बोधन गरिने बताउनुभएको हो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले तत्काल प्यान दर्ता गरी बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था लागू गर्ने अवस्था नरहेको भन्दै थप समय उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ देखि निजी क्षेत्रमा काम गर्ने सबै कर्मचारी र मजदूरलाई समेत अनिवार्य (प्यान दर्ता गरी बैंक मार्फत तलव भुक्तानी गर्ने व्यवस्था लघु, घरेलु तथा साना उद्योगमा तत्काल लागू गर्ने अवस्था तत्काल नरहेको उहा“ले बताउनुभयो ।

सामजिक सुरक्षा कोषको व्यवस्था पनि पहिले ठूला र मझौला उद्योगमा लागू गरी त्यसको व्यावहारिक अनुभवबाट मात्र क्रमशः लघु, घरेलु तथा साना उद्योगमा लागू गर्न श्रम मन्त्रालय र निजी क्षेत्रबीच मौखिक सहमति भएको पृष्ठभूमिमा यस्ता उद्योगमा काम गर्ने कर्मचारी र मजदूरलाई प्यान दर्ता गर्ने प्रयोजनको तयारीका लागि ६ महिना अवधि उपलब्ध गराउन महासंघका अध्यक्ष गिरीको आग्रह थियो ।