भक्तपुरमा गायक थापाको सम्झना, खरेल र केसी सम्मानित


भक्तपुर, (नेस)। कालजयी गीतका चर्चित गायक स्व. अरूण थापाका १५ गीत भक्तपुरमा गुञ्जिएका छन्। गायक थापाको २०औं स्मृति दिवसको अवसरमा भक्तपुर सांगीतिक समाज र विनाता कला प्रतिष्ठानले भक्तपुरको सँर्यविनायकमा आयोजना गरेको शुभारम्भ द म्युजिकल जर्नी नामक श्रद्धाञ्जली कार्यक्रममा नयाँ पुस्ताले थापाको गीतलाई गाएका थिए।

कार्यक्रममा थापाको म रोए पनि, लाग्न थाल्यो जीवनमा, ऋतुहरूमा तिमी, आँखाको निद खोसी लाने जस्ता १५ गीत प्रस्तुत गरिएको थियो। बालगायक सर्वश्री कसपाल, गायक, गायिका एन्जिला श्रेष्ठ, अनिता आचार्य, नवीन्द्रलाल कर्माचार्य, गंगाराम रञ्जितकार, विनय कोजु, बद्रीनारायण ताम्राकार, रोशन धौभडेल, उत्सव नेपाल, शम्भुचरण राजभण्डारी, रोहिम धौभडेल, सुनील लोयला, रविन थापा, सुमन रञ्जितकार, रोजी श्रेष्ठ र कपिल कसपालले थापाका गीतहरू गाएका थिए।

कार्यक्रममा गायक भँषण खरेललाई अरूण थापा स्मृति सम्मान र बाल गायक आयुष केसीलाई सुशील चालिसे पुरस्कार प्रदान गरिएको छ। यसै अवसरमा राजेशमान केसीको लोकगीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा गीतकार सुवास ढुंगेलले गायक अरूण थापाको स्मृतिमा लेखिएको मुक्तक वाचन गरेर शुरू भएको कार्यक्रममा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले छोटो जीवनमा पनि अरूण थापाले गीत–संगीतमा ठँलो योगदान दिएको चर्चा गरे। उनले अरूण थापाको स्वरको जादु रहेकाले सांगीतिक फँँटमा उनको जीवनले अमरत्व प्राप्त गरेको बताए। कार्यक्रममा गीतकार नगेन्द्र थापाले अरूण थापाको गीतले सधैं उनलाई जीवन्त बनाउने चर्चा गर्दै सयौं पुस्तासम्म उनको गीत उत्तिकै चर्चित रहने बताए।

यसै अवसरमा राजेन्द्र थापा, प्रकाश सायमी, विश्व बल्लभ, संगीतकार दीपक जंगम, पँर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले अरूण थापाको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको चर्चा गरे। अल्बर्ट बज्राचार्यको संयोजन र प्रवीण शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायक थापाको गीत र गायकी प्रतिभाका बारेमा चर्चा गरिएको थियो।