‘पानीजहाज र रेलसँग राष्ट्रियता साटिनु हुँदैन’

0
Shares

अमृत अर्याल, स्याङ्जा ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य शेखर कोइरालाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवादले लोकतन्त्र खतरामा पर्दै गएको बताउनुभएको छ । कोइरालाले पानी जहाज र रेलको नाममा राष्ट्रियता साटिन नहुने बताउनुभयो ।

नेपाली काँग्रेस स्याङ्जा, क्षेत्र नम्वर २ र वालिङ नगर समितिको संयुक्त आयोजनामा ३७ औं विपि स्मृति दिवस समारोहको उद्घाटन गर्दै नेता कोइरालाले पछिल्लो समय तरकारीमा विषादी प्रकरणले नै ओलीमा कति राष्ट्रवाद छ भन्ने प्रस्ट भएको बताउनुभयो । चुनावका बेला राष्ट्रवादका नारा लगाएका केपी ओली प्रधानमन्त्री बनेपछि राष्ट्रियता कमजोर बनाउने खेलमा लागेको आरोप कोइरालाले लगाउनुभयो ।

एकातिर राष्ट्रियता कमजोर बन्दै छ नेता कोइरालाले भन्नुभयो,“ अर्कोतिर भष्ट्रचारले देशलाई खोक्रो बनाइदै छ ।” भष्ट्रचारलाई शुन्यमा झार्ने भाषण गरेका प्रधानमन्त्री ओलीले वाइडबडी जहाज काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, गुठि विद्येयक, बालुवाटार प्रकरणमा भएको भष्ट्रचारको अहिले सम्म छानविन समिति नबनाउनुले पनि प्रधानमन्त्रीको आफै संलग्नता भएको पुष्टि हुन सक्ने कोइरालाले संकेत गर्नुभयो ।

विपिले देखाएको राष्ट्रवादलाई कम्युनिष्ट सरकारले विस्तारै विद्येयक मार्फत नागरिकको स्वतन्त्रता र अधिकार माथी अंकुश लगाउन खोजेको आरोप कोइरालाले लगाउनुभयो । प्रधानमन्त्री ओलीले देश आफैले हाकेका छन् की बाह्रय शक्तिले चलाएको छ कोइरालाले भन्नुभयो,“विषादी तरकारी नेपालमा पठाउने भारत सगँ किन प्रतिकार गर्न सरकार सक्दैन । उल्टो नेपाली जनतालाई ढाटेर पत्र नै नपठाएको भन्ने हल्ला गर्नु कति लज्जास्पद हो ” कोइरालाले थप्नुभयो ।

कार्यक्रममा वोल्ने नेता तथा कार्यकर्ताले पार्टी एकताको सन्देश दिन नेतृत्वलाई दवाव दिइरहेका बेला नेता कोइरालाले पार्टी सभापतिले गुट चलाएका कारण पार्टीमा एकताको सन्देस दिन नसकिएको जिकिर गर्नुभयो । सभापतिले बहुमतका आधारमा विधि र विधान मिचेर पाटी चलाउदा पाटी कमजोर भएसँगै तिनतहको निर्वाचनमा लज्जास्पद हार व्यहोर्न परेको बताउनुभयो । नेताको चाकडी गर्नु भन्दा पनि नेता बन्ने कोसिश गर्न कार्यकर्तालाई कोइरालाले सुझाउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, पुर्व कानुन मन्त्री यज्ञबहादुर थापा लगायतका बक्ताले काँग्रेसमा भएको गुटबन्दीको फाईदा नेकपाले लिएको बताउनुभयो । काँग्रेस भित्र आन्तरीक विवादका कारण सरकारले मनलाग्दी गर्ने मौका पाएको भन्नेमा नेताहरुले जोड दिनुभएको थियो ।