दोर्दी खोला जलविद्युत् आयोजनाको निर्माण ठप्प


नेपाल समाचारपत्र, लमजुङ ।
निर्माणाधीन दोर्दी खोला जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आफ्ना मागको सम्बोधन नभएको भन्दै काम ठप्प बनाएका छन् । प्रभावित क्षेत्रमा जग्गा अधिग्रहण, मुआब्जा वितरणमा चित्त नबुझेको र आफ्ना केही संरचना आयोजनाले बिथोलेको हु“दा पुनर्निर्माण गरिदिनुपर्ने स्थानीयको माग छ ।

माग सम्बोधन नभएसम्म निर्माणको काम अघि बढ्न नदिने संघर्ष समितिका अध्यक्ष ऋषिराज दवाडीले बताउनुभयो।

सोही निर्वाचन क्षेत्रका गण्डकी प्रदेशका सांसद धनञ्जय दवाडीले आवश्यक परे सहजीकरणका लागि तयार छु भन्नुभयो । उहा“ले पीडितका जायज मागलाई आयोजनाले ध्यान दिनुपर्छ ।तर, काम नै रोक्नेसम्मको गतिविधि चाहि“ ठीक होइन भन्नुभयो ।

पीडितहरूले वातावरण प्रमाव मूल्यांकन (ईआईए) रिपोर्ट नेपाली भाषामा पनि हुनुपर्ने र पीडितलाई उपलब्ध गराउनुपर्ने, छरछिमेक कार्यक्रमको बजेट पारदर्शी हुनुपर्ने, आयोजना प्रभावित क्षेत्रका घर, धन्सार, गोठ जग्गा, खानेपानी आदिको उचित क्षतिपूर्ति दिनुपर्ने रहेका छन् ।

त्यस्तै हाइड्रो पावर कम्पनीले पाइपलाइन बिच्छ्याउने क्रममा उत्खनन् गर्दा व्यक्ति विशेषका जग्गा पुरेर खेतीयोग्य जग्गा ध्वस्त बनाएको हु“दा त्यसको तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, सहज रूपमा सि“चाइ हु“दै आएका कुला तथा पानीका मुहानको समयमै व्यवस्थापन गरिनुपर्ने समितिको भनाइ छ ।

२७ मेगावाट क्षमाताको आयोजना भदौ महिनामा निर्माण कार्य पूरा गरी परीक्षण उत्पादन थाल्ने लक्ष्यका साथ काम गरिएको सो आयोजनाका इन्जिनियर चोलकान्त ज्ञवालीले बताउनुभयो । उहा“का अनुसार अब निर्माणका केही काम ढिला हुने भएको छ । चार अर्ब २३ करोडको लागतमा निर्माण हुन लागेको सो आयोजनाको तीन वर्ष अघि निर्माण कार्य थालिएको हो ।