वैदेशिक मुद्रा सटहीका लागि प्रभु इजी फर्नेक्स एप्लिकेसन


काठमाडौं, (नेस) ।
प्रभु बैंकडले वैदेशिक मुद्रा सटही सुविधालाई मोबाइलमार्फत अनलाइन आवेदन गर्न सकिने एप्लिकेस सञ्चालनमा ल्याएको छ ।

रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनको लागि हाल विदेश भ्रमण गर्नेको संख्या बढ्दै गइरहेको र व्यस्त दैनिकीका बाबजुत पनि बैंकसम्मै पुगेर सटहीको आवेदन गरी वैदेशिक मुद्रा लिनुपर्ने बाध्यता विद्यमान रहेको अवस्थामा उक्त झन्झटिलो तथा लामो प्रक्रियालाइ प्रविधिमैत्री तथा सरलीकृत गर्नको लागि प्रभु इजी फर्नेक्स एप्लिकेसन उपयोगी हुने बैंकको भनाइ छ ।

उक्त एप्लिकेसन मोबाइल एप हाल प्लेस्टोरबाट सजिलै डाउनलोड गर्न सकिनेछ भने एप स्टोरमा समेत चा“डै उपलब्ध हुनेछ । उक्त एप्लिकेसनमार्फत वैदेशिक मुद्रा सटहीको लागि अनलाइन आवेदन गर्न सकिनेछ । आवेदकलाई बैंकबाट केही समय भित्रमै एसएमएस मार्फत सटहीको कन्फर्मेसन प्रदान गर्नेछ ।

तत्पश्चात आवेदकले अनूकुल समयमा तोकिएको शाखा तथा काउन्टरबाट वैदेशिक मुद्रा संकलन गर्न सक्नुहुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बैंकको काउन्टरबाट समेत सहजै यो सुविधा उपलब्ध हुने व्यवस्था रहेको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको यो मोबाइल एप बाट ग्राहकको समय बचत हुने तथा बिना झन्झट अनलाइन गुणस्तरीय सेवा उपभोग गर्न सकिने भएकाले ग्राहकले यसबाट अधिकतम् लाभ लिनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।