हुवावेको वाई नाइन प्राइम नेपाली बजारमा


काठमाडौं, (नेस) ।
स्मार्टफोन उत्पादक कम्पनी हुवावेले पप–अपक्यामेरा भएको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा ल्याएको छ ।

ह्ुवावे स्टार्क सिरिजअन्तर्गत पप–अपक्यामेरा र पूरै एचडी डिस्प्ले भएको बेजल–लेस फोन सबैभन्दा सस्तो दरमा उपलब्ध रहेको कम्पनीको दाबी छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य २९ हजार ९९० रुपिया“ तोकिएको छ । वाई नाइन प्राइम २०१९ कालो, निलो र हरियो रङहरुमा उपलब्धछ ।

उच्च कार्यक्षमता, शक्तिशाली किरिन ७१० एफचिपसेट र इन्टेलिजन्ट ईएमयूआई नाइन अपरेटिङ सिस्टमजडित यो स्मार्टफोनमा एआई सपोर्ट गर्ने फोटोग्राफी, लामो ब्याट्री लाइफ, हाई एन्ड ग्राफिक्स र आकर्षक डिजाइनहरूसहित अन्य विशेष विशेषताहरू रहेको कम्पनीले जनाएको छ ।

यो स्मार्टफोनमा ट्रिपल क्यामेरा सेटअप रहेको छ– १६ एमपी प्लस ८ एमपी प्लस २, एमपी रियर क्यामेरा सिस्टम रहेको छ । १६ एमपीको पप–अप क्यामेराले जादूमय रूपमा काम गर्दछ । सामान्य अवस्थामा क्यामेरा फोनको भित्रपट्टि हुनेछ भने जब फ्रन्ट क्यामेरा सञ्चालनमा ल्याइन्छ जस्तो कि सेल्फी लि“दा यो स्वतः निस्किन्छ र स्क्रिनको अगाडि निस्कन्छ ।

पप–अप लेन्सलाई बाहिरपट्टि निस्कन एक सेकेन्ड मात्र लाग्दछ र एकदमै सहजै काम गर्दछ । १६ एमपी क्यामेरामा भएको एफ÷१.८ एपर्चरले समान्यतयाहुने एफ÷२.२ एपर्चरले ५० प्रतिशतभन्दा बढी प्रकाश लिने गर्दछ र कम आवाज निस्कने र छिटो फोकस गर्ने गर्दछ । ८ एमपी सेन्सरले १२० डिग्री वाइड एंगल सटहरू लिने गर्दछ र विशाल ल्याण्डस्केपहरू वाआकाशको आकर्षक तस्वीरहरू खिच्न सक्दछ ।