फरक–फरक वित्तीय विवरण नबुझाउन बैंकहरुलाई राजस्व निर्देशन


काठमाडौं, (नेस) ।
आन्तरिक राजस्व कार्यालयले फरक–फरक वित्तीय विवरण नबुझाउन बैंकहरुलाई निर्देशन दिएको छ । सोमबार आन्तरिक राजस्व कार्यालयले बैंकर्सहरुस“ग छलफल गरी फरक–फरक वित्तीय विवरण बुझाउन नपाउने व्यवस्था यथाशीघ्र कार्यान्वयन गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।

उद्योगी व्यवसायीहरुले कर कार्यालयमा बुझाउने अडिट रिपोर्ट एउटा र बैंकबाट कर्जा लिन बुझाउने अडिट रिपोर्ट अर्को पाइएपछि विभागले सोमबार बैंकर्सहरुको भेला गरी यस्तो निर्देशन दिएको हो ।

फरक–फरक वित्तीय विवरण बुझाउन नपाउने व्यवस्था कार्यान्वयन हुन नसकेको अवस्थामा आन्तरिक राजस्व कार्यालयले यस्तो छलफल गरी यसको तत्कालै कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै वित्तीय विवरण बुझाउने गरेको चौतर्फी आरोप लागिरहेको छ । गत वर्षको बजेटमार्फत सरकारले एउटै वित्तीय विवरण तयार गर्नुपर्ने र बुझाउनुपर्ने व्यवस्था गरेको थियो ।