चैतमा जसरी पनि तामाकोसी बिजुली निकाल्न कुलमानको ताकेता


नेपाल समाचारपत्र, काठमाडौं  ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट (७६ मेगावाट) र त्यसपछि बा“की ५ युनिटबाट असारभित्रमा विद्युत् उत्पादन गर्ने गरी आयोजनाको निर्माण सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभएको छ ।

आयोजनाको निरीक्षणपछि निर्देशन दि“दै उहा“ले निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसले यसमा गम्भीर बन्नुहोस्, स“गै भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुशी बनाउ“छ तालिका अनुसार निर्माण सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ भन्नुभयो । जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न ठेकेदार कम्पनीहरुलाई निर्देशन दिनुभयो ।

पछिल्लोपटक माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ठाडो सुरुङ २७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७ दशमलव ५ मिटर पेनस्टक पाइप जडान गरिएको हो ।

लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । ३७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मिटर लम्बाई र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बा“की छ । माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मिटर हो ।

पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकाले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।

तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङलगायतका काम गर्न ३६५ घण्टा लागेको थियो । अहिले चौथो पाइप जडान गर्दा समय घटेर १२८ घण्टामा झरेको छ । कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिनुभयो । चार वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ ।

आयोजनाको निर्माण आर्थिक वर्ष २०७३÷०७४ भित्र पूरा गर्ने विद्युत् उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५÷०७६को पुस महिनाभित्र निर्माण सक्ने गरी नया“ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर, लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका सीईओ विज्ञानप्रसाद श्रेष्ठले बताउनुभयो ।