तीन महिनादेखि बन्धक विदेशी नागरिकको उद्धार


काठमाडौं (नेस)। राम्रो कमाइ गर्ने सपना बोकेर नेपाल आएका ३ जना बिदेशी नागरिकलाई नेपाल प्रहरीको मावन बेचबिखन ब्युरोले ३ महिनापछि राजधानीबाट उद्धार गरेको छ । लिविया लैजाने भन्दै दलालले तीन महिना देखि नेपाल ल्याएर बन्दक बनाएको अवस्थामा उद्धार गरिएको ब्युरोले जनाएको छ ।

प्रहरीले पाकिस्तानी तथा बंगलादेशी नागरिक सहजिव नजल, बंगलादेशी नागरिक शादा आलम खान र सैहिद सुमन मियाको उद्दार गरेको थियो । उनीहरुलाई ललितपुरको इमाडोलस्थित एक घरमाबाट उद्धार गरेको थियो ।

प्रहरीले घटनामा संलग्नमध्येका एक जनालाई पक्राउ गरेको छ भने अन्य फरार छन् । ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले बन्दक प्रकरणमा संलग्न रहेका पाकिस्तानी नागरिक खालिद मेहमुदलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुलाई दयनीय अवस्थामा उद्धार गरेर उनीहरुको देशमा फर्काउने तयारी गरेको छ ।