काठमाडौं महानगरको नीति तथा कार्यक्रमः सवारीसाधनलाई नाकामा धोएर मात्रै प्रवेश दिने (पूर्णपाठसहित)

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६/७७ को लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले सम्पदा संरक्षणलाई प्राथमिकता दिएको छ । महानगरका प्रवक्ता ईश्वरमान डंगोलले महानगरले सम्पदा संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि ‘पूर्वाधार विकास वर्ष’ हुने बताउनुभयो ।

महानगरले आफ्नो क्षेत्रमा भित्रने सवारीसाधनहरुलाई नाकामा धोएर मात्रै प्रवेश दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदूषणलाई नियन्त्रण गर्नका लागि काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरुमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक भेहिकल क्लिनिङ सेन्टर निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

यस्तो छ काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम

आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम
(संक्षेप)

१) काठमाडौ महानगरपालिकाको आगामी आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम राज्यको लोककल्याणकारी अवधारणा, संविधानले परिकल्पना गरेको समाजवादतर्पmको यात्रा, नेपाल सरकारले लिएको “समृद्ध नेपाल सुखी नेपाली” बनाउने दीर्घकालीन सोच समेतका आधारमा आर्थिक, सामाजिक र साँस्कृतिक रुपमा पछाडि परेका/पारिएका समुदायहरुलाई समेत उच्च प्राथमिकतामा राख्दै र आम महानगरबासीको सर्वोपरी हितलाई केन्द्रभागमा राखी तयार पारिएको छ ।

२) काठमाडौं महानगरवासीको जीवन पद्धतिमा अर्थपूर्ण परिवर्तन आउन सक्ने परियोजनाहरुलाई महानगरपालिकाको विशेष महत्वका आयोजना मानिनेछ र यस्ता आयोजनाहरु आगामी तीन बर्षभित्रमा आधारभूत रुपमा सम्पन्न गरिनेछन् ।

बालाजु बाईसधारा उद्यानको स्तरोन्नती, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाको सुदृढीकरण, महानगरको केन्द्रीय कार्यालय भवन, भर्टिकल स्मार्ट पार्किंग, पर्यटन पदमार्ग, फोहरमैलाको दिगो ब्यवस्थापन, कोटेश्वर तीनकुनेमा बुद्धपार्क निर्माण, मेगा हल, सहरी यातायात व्यवस्थापन र मोनोरेल सञ्चालनलाई कार्यान्वयनमा ल्याइने छ ।

आर्थिक तथा रोजगारी नीति
३) औषधी तथा खाद्य वस्तु लगायत आधारभूत उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र गुणस्तर कायम गर्न स्थानीय बजार व्यवस्थापन सम्बन्धी मापदण्ड तयार गरिनेछ । विषादि प्रयोग नभएको मात्र आपूर्ति तथा विक्री वितरण गर्न नियमित रुपमा गुणस्तर परीक्षण गरिनेछ । यसको लागि अत्याधुनिक उपकरण सहितको मोबाइल भ्यान सञ्चालनमा ल्याइनेछ ।

४) सहकारी तथा निजी क्षेत्रको लगानीमा गुणस्तरीय एवं आधुनिक बधशाला निर्माण तथा सञ्चालन गर्न सहयोग गरिनेछ ।

५) महानगरपालिका क्षेत्रभित्रका पशुहरुको लगत लिने तथा सामुदायिक पशुहरुलाई प्रभावकारी रुपमा ब्यवस्थापन गरिनेछ । कुकुरहरुलाई बन्ध्याकरण र खोप लगाउने कार्यको निरन्तरता तथा mष्अचयअजष्उक तथा ट्यागिङ्ग लगाउने कार्यको थालनी गरिनेछ ।

सहकारी नीति ः
६ विद्युतीय प्रणाली मार्फत सहकारी संस्थाको दर्ता, नियमन र प्रवद्र्धन कार्यलाई प्रभावकारी बनाइनेछ ।
७) सहकारीको माध्यमबाट साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्राविधिक तथा आर्थिक सहयोग प्रदान गर्नेे नीति लिइनेछ ।

उद्यमशीलता प्रबद्र्धन नीति ः
८) महानगरभित्र विभिन्न उद्यम गरिरहेका शिल्पीहरुको सीप उपयोग तथा विकासका साथै युवाहरुलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रबद्र्धन र बजारीकरणलाई प्रोत्साहन गरिनेछ । यसको लागि विभिन्न सीपमूलक तालिम सञ्चालन गरिनेछ । सोका लागि महानगरस्तरीय एकीकृत सीप विकास प्रतिष्ठान सञ्चालनमा ल्याउन आवश्यक अध्ययन गर्नेेछ ।
९) महानगरपालिकाबाट सञ्चालित स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धाबाट छनौट भएका नविन सोचहरू मध्ये सम्भाव्य देखिएका सोचहरूलाई परियोजनाको रुपमा अघि बढाइनेछ ।

उद्योग तथा व्यापार नीति:
१०) स्थानीय समुदाय, निजी क्षेत्र, प्रहरी, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु राति अबेरसम्म सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ ।
११) काठमाडौं महानगरपालिलाई जीवन्त शहरको रुपमा विकसित गर्न महानगर भित्र सञ्चालित होटल, रेष्टुराँ, सपिङ मलहरू, डे÷नाइट मार्केटहरूलाई प्रोत्साहन गरिने छ ।

पर्यटन नीति:
१२) काठमाण्डौभित्रको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तथा नेपाल पर्यटन बोर्डसँग साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ । मौलिक वस्तीमा सम्पदा भवनहरूको संरक्षण तथा निर्माणको लागि निश्चित मापदण्डको आधारमा अनुदान तथा छुट दिने नीति लिइनेछ ।
१३) हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गरिनेछ ।

शिक्षा नीति ः
१४) विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम बनाई यसै वर्ष जारी गरिनेछ, यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, नैतिक शिक्षा समेत समेटिनेछ ।
१५) प्राविधिक तथा ब्यावसायिक शिक्षाको विस्तार, समृद्ध महानगर निर्माणको आधार लाई साकार गर्न आगामी दुइ बर्षभित्र महानगरपालिकामा प्राबिधिक बिद्यालय सञ्चालन गरिनेछ । साथै सबै सामुदायिक माध्यमिक बिद्यालयहरुमा बिज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना गरिनेछ ।

स्वास्थ्य तथा पोषण नीति ः
१६) काठमाडौं महानगरपालिकाबाट सञ्चालित स्वास्थ्य क्लिनिकहरुको स्तरोन्नती गरिनेछ तथा सरकारले तोकेबमोजिमकोे औषधी निःशुल्क वितरण गरिनेछ । बृद्धावस्थामा हुने रोगहरुको समयमै निदान तथा उपचार गर्न महानगर ज्येष्ठ नागरिक अस्पताल खोल्न प्रदेश तथा संघीय सरकारसँग समन्वय तथा सहकार्य गरिनेछ ।

महिला, बालबालिका, किशोर किशोरी, ज्येष्ठ नागरिक, अपांगता तथा समाजकल्याण नीति ः
१७) काठमाडौं महानगरपालिकालाई सडक मानव मुक्त बनाउने अभियान अन्तर्गत सडकमा कष्टकर जीवनयापन गरिरहेका मनोरोगी, असहाय, अशक्त मानवहरुको संरक्षणका लागि मानवसेवा आश्रमसँग गर्दै आएको सहकार्यलाई निरन्तरता दिइनेछ । यसको लागि मानवसेवा आश्रमको पहलमा निर्माण तथा सञ्चालन हुन गैरहेको सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम को भवन संरचना लगायतका पूर्वाधार विकासका लागि आवश्यक सहयोग गरिनेछ ।

खानेपानी तथा सरसफाई नीति ः
१८) परम्परागत पानीको श्रोतको संरक्षण र प्रवद्र्धन गरिनेछ । सुख्खा क्षेत्रमा पानी वितरण गर्न स्थानीयस्तरका क्लब तथा उपभोक्ता समितिसँग सहकार्य गरिनेछ । सार्वजनिक शौचालयहरूमा आम जनताको पहँुच वृद्धि गरिनेछ । साथै सर्वसाधारणलाई सार्वजनिक शौचालयमा पहुँच बृद्धि गर्न रेष्टुरेन्ट, सपिङ्ग मल, पेट्रोल पम्प, अस्पताल, सार्वजनिक संस्थाहरुका शौचालयहरु समेत प्रयोग गर्न सक्ने ब्यबस्थाका लागि सम्बन्धित निकायसँग सहकार्य गरिनेछ ।

संस्कृति तथा सम्पदा नीति ः
१९) महानगर क्षेत्रभित्र रहेका मूर्त अमूर्त सम्पदाहरुको ऐतिहासिक, धार्मिक, साँस्कृतिक बिवरण सहितको तथ्याङ्क संकलन तथा डिजिटल अभिलेखिकरण गरिनेछ । काठमाडौं महानगरभित्रका विभिन्न धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्वका स्थान तथा सम्पदाहरुको मौलिक नाम खोजी तिनको पुनस्र्थापना गरिनेछ ।
२०) ऐतिहासिक महत्वका टोल, वस्ती, मठ, मन्दिर, चुक, ननी, बहाःबही, लाछी जस्ता मूर्त, रीतिरिवाज, भाषा, लिपि, संस्कृति, जात्रा परम्परा जस्ता अमूर्त सम्पदाहरूको संरक्षण एवं सम्बद्र्धनको नीति लिइनेछ ।
२१) हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिनेछ । पशुपतिनाथदेखि–बौद्धस्तुपासम्म हरित सम्पदा मार्ग र अन्य सम्पदा मार्गहरुको विस्तृत अध्ययनको थालनी यसै वर्ष गरिनेछ ।
२२) हाँडीगाउँको लिच्छवीकालिन सभ्यताबारे थप विस्तृत अध्ययन अनुसन्धान गरिनेछ । प्राचीन कोलिग्रामको बुद्धकालीनदेखि मल्लकालीनसम्मको सभ्यता अध्ययन अनुसन्धान गरी संरक्षण तथा सम्बद्र्धन गरिनेछ ।
२३) स्थानीय नेपाल भाषा र नेपाली भाषा प्रबद्र्धनका लागि महत्वपूर्ण योगदान गर्ने श्रष्टाहरुको सम्मानमा हरेक बर्ष महानगर साहित्य पुरस्कार प्रदान गरिनेछ ।
२४) सहिद धर्मभक्त माथेमाको सिफलमा, सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठको शोभाभगवतीमा पूर्णकदको सालिक प्रतिस्थापन गरिनेछ ।
२५) महानगरपालिकाभित्र सम्भाव्य देखिएको ऐतिहासिक, पुरातात्विक भवनलाई सिटी आर्टस् म्युजियममा रुपान्तरण गरी अध्ययन तथा पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गरिनेछ । साथै नेवाः साँस्कृतिक भवन तथा म्युजियम बनाउन अध्ययन गरिनेछ ।
२६) काठमाडौं महानगरभित्रका परम्परागत बाजाहरु सिकाउने गुरुहरुलाई कदर गर्दै विशेष सुविधा सहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।

युवा तथा खेलकुद नीति ः
२७) त्बअतष्अब िग्चदबलष्कm को अवधारणा अनुरुप क्गचउचष्कभ प्बतजmबलमग नामक किफायतीे, छोटो समयमा सम्पन्न भई परिवर्तनको अनुभूति दिने खालका समुदायमा आधारित परियोजनाहरू यसै बर्ष शुरु गरिनेछ ।

सामाजिक विकास, सुरक्षा तथा संरक्षण नीति ः
२८) नेपाल सरकारले ज्येष्ठ नागरिकलाई उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता घर–घरमै उपलब्ध गराइनेछ । प्रत्येक वर्ष ज्येष्ठ नागरिक सम्मानका अभियन्ता पूर्व प्रधानमन्त्री तथा तत्कालीन नेकपा (एमाले) का अध्यक्ष स्वर्गीय मनमोहन अधिकारीको स्मृतिमा “मनमोहन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम” आयोजना गरिनेछ ।
२९) नेपाली काँग्रेसका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहले प्रजातन्त्र प्राप्तिको निमित्त गर्नुभएको योगदानलाई चिरस्थायी बनाउन प्रत्येक वर्ष प्रजातन्त्र प्राप्तिको आन्दोलनमा समर्पित व्यक्तित्वहरूलाई “गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान” बाट विभुषित गरिनेछ ।
शहरी पूर्वाधार तथा योजना विकास ः
३०) यसै आर्थिक वर्षभित्र बृहत जनसहभागितामा “काठमाडौं भिजन २१००” तयार गरिनेछ । साथै दिगो एकिकृत विकासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको अनुसरण गरीे टुलकिट, म्यानुअल, मापदण्ड तयार गरी जारी गरिनेछ ।
३१) काठमाण्डौ महानगर क्षेत्रभित्र निर्माण गरिने भौतिक पुर्वाधार सडक, ढल, पेटी, खानेपानी, विद्युत, टेलिफोन आदिको गुणस्तरीयता कायम गर्न, बिभिन्न निकायहरूको बीचमा समन्वय मिलाउन र ब्यवस्थित रुपमा निर्माण कार्य सञ्चालन गर्न “सहरी पूर्वाधार तथा सेवा समन्वय ऐन” जारी गरिनेछ ।
३२) सरकारी, सार्वजनिक तथा पर्ति जग्गाको अतिक्रमण रोकी त्यस्ता जग्गाहरूलाई बालमैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिनेछ ।
३३) मेयर उज्यालो कार्यक्रमलाई निरन्तरता दिइनेछ । मुख्य चोकहरुमा हाइमास बत्ती जडान गरिनेछ ।

शहरी यातायात व्यवस्थापन नीति ः
३४) सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएका व्यक्तिहरूको पहुँच बढाउन काठमाडौं महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५ लाई कार्यान्वयन गरिने छ ।
३५) सम्भाव्य देखिएका स्थानहरूमा साइकल लेन बनाइनेछ । निश्चित स्थानहरु ख्भजष्अभि ँचभभ श्यलभ बनाइने छन् । काठमाडौं महानगर क्षेत्रभित्र थप स्मार्ट पार्किङको व्यवस्था गरिनेछ । सहरका विभिन्न ठाउँमा स्मार्ट “भर्टिकल पार्किङ” र अण्डरग्राउण्ड पार्किङ निर्माण गरिनेछ ।

सूचना तथा संचार नीति ः
३६) काठमाडौं महानगरलाई क्रमिक रुपमा स्मार्ट सिटीको रुपमा विकास गरिनेछ । नेपाल सरकारले अंगिकार गरेको स्मार्ट सीटीका चार आधार स्तम्भहरु— स्मार्ट नगरवासी, स्मार्ट अर्थतन्त्र, स्मार्ट पूर्वाधार र स्मार्ट शासन अनुरुपका कार्यक्रम सञ्चालन गरिनेछ ।

शहरी विकास तथा भवन मापदण्ड नीति ः
३७) दुई वा दुईभन्दा बढी जग्गाधनीहरुको सहमतिमा एउटै आवासीय भवन निर्माण गर्ने गरी नक्सा पेश गरेमा नक्सापास दस्तुरमा ९० प्रतिशत छुट दिइनेछ ।
३८) भित्री सहरमा रहेका पुराना भवनहरूको जोखिम न्यूनीकरण गर्न त्यस्ता भवनहरूको स्थानमा सुविधासम्पन्न एकीकृत मौलिक वस्ती विकास गर्ने नीति लिइनेछ । नेपाली मौलिकता झल्कने कलात्मक घरहरुलाई थप प्रोत्साहन गर्न कार्यविधि बनाई लागू गरिनेछ ।

फोहोरमैला ब्यबस्थापन नीति ः
३९) स्रोतमै फोहर छुट्टाएर संकलन गर्ने प्रणाली लागु गरिनेछ । घरबाट उत्सर्जित हुने जैविक फोहोरलाई कम्पोष्टमल बनाई स्वव्यवस्थापन गर्न प्रेरित गरिनेछ । फोहोर वस्तुको प्रशोधन र पुनःप्रयोग गर्ने तथा फोहोर बस्तुबाट नयाँ वस्तु उत्पादनमा कार्य गरिरहेका सामुदायिक संस्था, निजी, गैर सरकारी संस्था आदिको सञ्जाल निर्माण गरी यसलाई प्रोत्साहन दिइनेछ ।

प्रदुषण नियन्त्रण नीति ः
४०) काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने धुलो प्रदुषणलाई नियन्त्रण गर्न काठमाडौं उपत्यकाभित्र छिर्ने नाकाहरूमा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी आधुनिक ख्भजष्अभि ऋभिबलष्लन ऋभलतभच निर्माण गरिनेछ ।
४१) प्रदुषण एवं धुँवा धुलोलाई न्यूनीकरण गरी महानगरपालिकालाई ‘नो मास्क सिटी’का रुपमा विकास गर्न अत्याधुनिक बु्रमरहरुको प्रयोगलाई प्रभावकारी बनाई आवश्यकतानुसार संख्या थप गरिनेछ । ब्रुमरले उठाइएको धुलोलाई प्रशोधन गरी नयाँ बस्तु उत्पादन गर्न अध्ययन गरिनेछ ।
४२) काठमाडौ महानगरलाई प्लाष्टिक झोलामुक्त शहर घोषणा गरिनेछ ।

हरियाली प्रबद्र्धन प्रदुषण नियन्त्रण नीति ः
४३) काठमाडौं महानगरपालिकाभित्रका मुख्य सडकहरु अर्नामेन्टल प्लाण्ट लगाई शहरी हरियाली एवं सौन्दर्य अभिबृद्धि गरिनेछ । खुला क्षेत्र, सरकारी तथा गैर सरकारी संघसंस्था, विद्यालय, विश्वविद्यालयको कार्यालय परिसर, नदी किनार, सडक किनार, सार्वजनिक जग्गा, पर्ति तथा नदी उकासका स्थलहरुमा विभिन्न प्रजातिका फलपूmलका बिरुवाहरु रोपी न्चभभल ऋष्तथ प्रवद्र्धन गरिनेछ ।
४४) कोटेश्वर तीनकुनेस्थित खुल्ला क्षेत्रलाई मौलिक पहिचान सहितको अन्तर्राष्ट्रिय स्तरको आधुनिक बुद्धपार्क निर्माण गरिनेछ ।

विपद ब्यबस्थापन नीति ः
४५) महानगरपालिकाको पाँच क्षेत्रमा दमकल लगायत विपद व्यवस्थापनका लागि चाहिने उपकरणहरुको व्यवस्था मिलाइनेछ ।
४६) दमकल जान नसक्ने स्थानहरुमा आगलागी भएमा तत्काल आगो नियन्त्रण गर्न ँष्चभ ज्थमचबलत को व्यवस्था गर्नेछ । विपद व्यवस्थापनका लागि सामुदायिक स्तरमा बर्षातको पानी संकलन टैंकी निर्माण गरिनेछ । जोखिमयुक्त अवस्थामा रहेका सहरका पेट्रोल पम्प तथा ग्यास स्टेशनहरुलाई हटाइनेछ ।

संस्थागत विकास र सुशासन नीति ः
४७) महानगरपालिकाका कर्मचारीहरुको व्यवस्थापन गर्न विशिष्टीकृत कानूनका रुपमा कर्मचारीहरुको सेवा, शर्त र सुविधाहरु उल्लेख गरी काठमाडौं महानगरपालिका सेवा ऐन तर्जुमा गरिनेछ ।

सुशासन तथा सुरक्षा नीति ः
४८) शहरी सुशासनको पक्षमा निरन्तर क्रियाशील पत्रकारहरुमध्येबाट विभिन्न विधामा प्रत्येक बर्ष १० जनालाई महानगरीय सुशासन पत्रकारिता पुरस्कार दिइनेछ ।
४९) यसै आर्थिक बर्ष भित्र सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तरमै निरुपण गरिनेछ । विवादको टोलस्तरमा नै समाधान गर्न वडा–वडामा मेलमिलाप मेला सञ्चालन गरिनेछ ।
५०) सहरी सुरक्षा र सेवा वितरणमा प्रभावकारिता हासिल गर्न महानगरपालिकामा अस्थायी बसोबास गर्ने व्यक्तिको समेत लगत आवश्यक देखिएकोले घरधनीले घर वहालमा दिँदा अनिवार्य रुपमा वहाल सम्झौता गरी वहालमा बस्ने व्यक्ति एवं निजको परिवारको विवरण काठमाडौं महानगरपालिका कार्यालयमा पेश गर्नुपर्ने नीतिगत व्यवस्था मिलाइनेछ ।
५१) सडक तथा फुटपाथमा हुने अनियन्त्रित गाडी पार्किङ्ग, निर्माण सामाग्री तथा पसलहरुको ब्यबस्थापन निजी क्षेत्रको सहकार्यमा गरिनेछ ।

राजश्व परिचालन तथा वित्तिय ब्यबस्थापन नीति ः
५२) काठमाडौं महानगरपालिकाले संकलन गर्ने कर, सेवा शुल्क तथा जरिवाना बैकिंग प्रणालीबाट मात्र लिने नीति अवलम्बन गरिनेछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार नीति ः
५३) काठमाडौं महानगरपालिका विभिन्न जात्रा पर्वलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटन प्रवद्र्धन गरिनेछ । ईन्द्रजात्रालाई विश्वब्यापी गर्न काठमाडौं महानगरपालिकासँग भगिनी सम्बन्ध तथा सहकार्य भएका सहरहरुका मेयर तथा प्रतिनिधिहरूलाई ईन्द्रजात्राका अवसरमा विशेष आमन्त्रण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।