भूत रहमा पौडी खेल्न गएका १३ वर्षीय बालकको मृत्यु  


लमजुङ । लमजुङमा भूत रह नामको पोखरीमा पौैडी खेल्न गएका १३ बर्षीय बालकको मृत्यु भएको छ ।

राइनास नगरपालिका– ५, तीनपिप्लेका भूत रहमा पौडी खेल्न गएका १३ बर्षीय बिनम तामाङलाई खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तामाङ चेपेखोला र ठूलो खहरे खोलाको दोभानमा पर्ने भूत रहमा पौडी खेल्न गएका उनलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । तामाङलाई बगाउँदै गरेको देखेर स्थानीयले उद्दार गरी उपचारका लागि सहोदर अस्पताल गरमबेंसी धमिलिकुवा पुर्याएका थिए ।

तर उपचारको क्रममा उनको निधन भएको तीनपिप्ले प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक रनबहादुर खड्काले बताउनु भएको छ । उहाँका अनुसार पौडी खेल्ने क्रममा रहमा पसेका उहाँलाई केही छिनमै खोलाले बगाएको स्थानीयले बताएका छन् । बगाएको देखेपछि गाउँलेले उद्दार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा साँझपख मृत्यु भएको प्रहरीले बताएको छ । तीतपिप्लेस्थित शिशु विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययरत तामाङको निधनले विद्यालय परिवार शोकमा डुबेको विद्यालयका प्रधानाध्यापक नानुमाया पराजुलीले बताउनुभयो ।

बालकको शवको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम गरी आफन्तले लगेको प्रहरीले बताएको छ ।