एक वर्ष देखि इलाका प्रहरी कार्यालय विद्यालयको भवनमा


सरिता चलाउने, सल्यान । जिल्लाको दार्मा गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय विगत एक वर्षदेखि विद्यालयको भवन सञ्चालन हुदै आइरहेको छ । विगतमा भाडामा बस्दै आईरहेको भवन जीर्ण बनेपछि प्रहरी कार्यालय विद्यालयमा सञ्चालन हुदै आईरहेको हो ।

४० जनाको दरबन्दी रहेको क श्रेणी को इलाका प्रहरी कार्यालयको आफनो भवन नभएकोले र भाडामा लिएको भवन पनि जिर्ण बनेपछि विद्यालयको भवनमा संचालन गर्न बाध्य भएको ईलाका प्रहरी कार्यलय दार्माका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।

उहाँका अनुसार अहिले इलाका प्रहरी कार्यालय श्री जनज्योति माध्यामिक विद्यालयको ७ कोठे भबनमा संचालन आईरहेको छ । भवन जिर्ण हुदा बर्सादको समयमा छाना चुहिने, सर्पको खतरा र गर्मीमा जस्तापाता तातिएर बस्न समस्या हुने भएपछि बिद्यालयको भवनमा चौकि संचालन गरेको उहाँले बताउनु भयो ।

विद्यालयको भवनमा कार्यालय सारिए पनि जस्तापता पुराना भएका कारण पानि परेको समयमा चुहिने र घाम लागेको समयमा जस्तापाता तातिएर बस्न नस्कने अवस्था भएको उहाँको भनाई छ । उहाँले भन्नु भयो, ‘ पहिले अस्थायी पोष्ट थियो, जसोतसो भाडाको घरमा संचालन गरेका थियौ, त्यो पनि जोखिम मोलेर जिर्ण अवस्थामा, २०७५ साल बाट ईलाका सञ्चालनमा आएपछि विद्यायालयको भवनमा सञ्चालन गर्न बाध्य भएका छौ ।’

विद्यायालयको भवनमा पहिले प्राबि संचालनमा आएको भएपनि अहिले अर्कोे बिद्यायालको कम्पाउन्ड भित्र लिएकाले अहिले पुनः मर्मत गरेर कार्यलय सञ्चालन गरेको प्रहरी निरीक्षक सिहंले बताउनु भयो । अहिलेको भवनमा पनि खानेपानीको समस्या, र पानी परेको समयमा चुहिने गरेकाले समस्या भोगेर पनि सामान्य काम मात्र हुने गरेको उहाँले बताउनु भयो । कार्यलयको भवनको लागी अहिले सम्म कुनै निकायले वास्ता नगरेको उहाँको भनाई छ ।

जिल्ला समन्वय समिती सल्यान र दार्मा गाउँपालिकाको सिफारिस अनुसार भोकाधिकारका लागी दुई रोपनी जग्गा प्राप्त भएपनि भवनको लागी कसैले चासो नदेखाएकोले समस्या भएको उहाँको भनाई छ ।
इप्रकामा सवारि साधन नहुदा विकट र दुर्गमा क्षेत्रमा रहेका जनतालाइ सेवा प्रवाह गर्न पनि कठिनाइ भैरहेको इलाका प्रहरी कार्यलय दार्माले जानकारी दिएको छ ।

प्रहरी कार्यलय भवन जिर्ण भएपनि अहिले गाउँपालिकाको जग्गामा खाली रहेको बिद्यालयको भवनलाई ब्यवस्थीत बनाएर निशुल्क रुपमा कार्यलय सञ्चालन गरिदिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताउनु भयो । अहिले उक्त भवनलाई मर्मत गरेर चेक पोष्ट, हिरासत कक्ष, खानेपानी लगायको ब्यवस्था गरिदिएको उहाँले बताउनु भयो ।