काँग्रेस रुपन्देहीद्धारा भिसिटीएसको विरोध


यमलाल भुसाल, बुटवल । नेपाली काँग्रेस रुपन्देहीले सरकारले बजेट मार्फत ढुवानी व्यवसायलाई मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवाहक ट्रकलाई अनलाईन मार्फत निगरानी गर्न ल्याएको नीतिको विरोध गरेको छ ।

काँग्रेस रुपन्देहीको भैरहवामा सम्पन्न बैठकले बिना तयारी र पुर्वाधार विनै हचुवाको भरमा उक्त नीति ल्याएको भन्दै सरकारको आलोचना गरेको छ । काँग्रेस सभापति अब्दुल रज्जाकले सरकारले कार्यान्वयन नै गर्न नसक्ने नीति अबलम्बन गरेकाले आफुहरुले बिरोध गरेको उल्लेख गर्दै उद्योगी व्यवसायिहरुले गरेको बिरोध सकारात्मक भएको भन्दै पार्टीले समर्थन जनाएको बताउनु भयो ।

साथै बैठकले बुटवल बेलहिया ६ लेन सडक खण्डमा तिलोत्तमा नगरपालिकाले निर्माण गरेका बुद्ध मुर्ति तोडफोड गरेको प्रति घोर निन्दा गरेको छ । पार्टीले बुद्धमुर्ति फोड्ने समुहको तत्काल खोजी गरी कडा भन्दा कडा कारर्वाही गर्न माग गरेको सचिव रामकृष्ण खाणले जानकारी दिनु भयो ।

सचिव खांँणका अनुसार महामानव बिशेश्वर प्रसाद कोईरालाको ३७ औं स्मृती दिवस साताव्यापी कार्यक्रम गरेर मनाउने निर्णय गरिएको छ । स्मृति दिवसको पुर्व सन्ध्यामा साउन ६ गते तिलोत्तमा नगरपालिका १७ स्थित बिपी ग्राम स्वास्थ्य सेवा केन्द्रमा बृक्षा रोपण गर्ने सचिव खांँणले जानकारी दिनु भयो । साथै उहाँले बाढी पिडितको सहयोगका लागि राहत संकलन कार्य पनि शुरु गरिने जानकारी दिनु भयो ।