जीप दुर्घटनामा २ को मृत्यु ,११ घाईते


दयाराम पण्डित ,बाजुरा । बाजुराबाट कालीकोट जांदैगरेको क १ ज २१. नंम्वरको जीप जगन्नाथ गाउँपालिका वडा नं ५ भुुवाखोलामा शुक्रवार विहान दुर्घटना हुंदा दुुईजनाको मृत्युभएको छ भने १२ जना घाईते भएका छन् ।

कर्णाली करिडोर अन्तरगतको सडक हुंदै बाजुराबाट कालीकोट जांदैगरेको सडक दुर्घटनामा परी मृत्युहुनेमा टिकापुर नगरपालिका ४ कैलालीका गाडीचालक रमेश बोगटी र खत्याड गाउँपालिका वडा नं ६.का २५ वर्षीया रामबाहादुर शाहीको घटनास्थलमै मृत्युभएको स्थानीय दया डंडालले बताउनुभएको छ ।

 

त्यसैगरी घाईते हुनेमा जगन्नाथ गाउँपालिका वडा नं ५का टक्क लवार, जन लवार, अम्मकला लवार र महेश्वरी लवार, र खत्याड गाउँपालिका ४मुुगुुका लालाविर चदांरा, राजेन्द्र शाही खत्याड ४ ,उज्जवन शाही खत्याड ४,मनकिष्न उपाध्याय लगायत खत्याड ८ का , तिलकराज उपाध्याय, बिष्नुुरिषी उपाध्याय र शेरवहादुर रावल घाईते भएकाछन् यसैगरी ११ जना घाईते मध्ये ४ जनाको अबस्था गम्भीर रहेको बताइएको छ ।

चार जना सिकिस्त घाईते हुंदा थप उपचाररका लागि नेपालगंज रेफरगरेको र बांकी सामान्य घाईते हुंदा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पठाएका बताइएको छ । वर्षा मौसम हिलाम्य सडकका कारण उकालोमा गाडीले तान्न नसकेर दुर्घना भएको हुनसक्ने बताइएको छ । थप उद्धारका लागि जगन्नाथ गाउँपालिका जुड्डीवाट असइ पदमसिं साउँदको नेतृत्वमा प्रहरी टोली घटनास्थल तर्फ पठाइएको प्रहरी श्रोतले जनाएको छ ।