विप्लव समूहले लियो कैलाली विस्फोटको जिम्मेवारी


काठमाडौँ ।  बिहिबार धनगढीमा भएको वम विष्फोटको विस्फोटको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले  लिएको छ । सेती महाकाली ब्यूरो इञ्चार्जले निर्माण गरेको विज्ञप्ति जारी गर्दै विष्फोटमा परी मृत्यु भएका रामबहादुर सिंह आफ्नो कार्यकर्ता भएको जनाएको छ।

पार्टीको कामको सिलसिलामा आत्म सुरक्षाका लागि बोकेको विस्फोटक पदार्थ विस्फोट हुँदा रामबहादुर सिंह राजेशले सहादत प्राप्त गरेको विज्ञप्तिमा भनिएको छ।

सिंहको बिहीबार राति उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। उक्त घटनामा परी घाइते भएका अन्य चारजनाको भने शीघ्र स्वास्थ्य लाभको कामना विज्ञप्तिमा जारी गरिएको छ।

घटनामा परी कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरेला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।विज्ञप्तिमा घाइतेको उपचार खर्च पार्टीले बेहोर्ने जनाइएको छ। घटनाको परिणामको जिम्मा वर्तमान सरकार भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।