छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ को मृत्यु


काठमाडौं । बैतडी र सुनसरीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

बैतडी, सुर्नाया गाउँपालिका २ स्थित सडकमा से १ प १११४ नम्बर र म २ प ६६३३ नम्बरका २ मोटरसाइकल बिहीबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका से।१ प १११४ नम्बरको मोटरसाइकल चालक सुर्नाया गाउँपालिका १ का वडा अध्यक्ष कलश बहादुर चन्दको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचारको क्रममा मृत्यु भएको छ ।म २ प ६६३३ नम्बरको मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, गडी गाउँपालिका ५ तिनमोहडीस्थित सडकमा क १० प ४८७१ नम्बरको मोटरसाइकल बिहीबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक गडी गाउँपालिका(६ बस्ने ३० वर्षीय राजेश्वर मण्डलको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।