बलात्कारको आरोपमा प्रहरी सहायक निरिक्षक पक्राउ


सञ्जय कार्की, रौतहट । बलात्कारको आरोपमा प्रहरीले एक जना प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी सहायक निरिक्षक राजेन्द्र साह रहेका छन ।

बारा जिल्ला महागढिमाई नगरपालिका निबासी प्रहरी सहायक निरिक्षक साहले मकवानपुरकी एक २० वर्षिय युवतीलाई चन्द्रनिगाहपुरमा रहेको माउण्ट एरिवा गेष्ट हाउसको ३०६ नम्बरको कोठामा बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ ।

पक्राउ परेका साह माथि जबरजस्ति करणी मुध्दामा जिल्ला अदालत गौर बाट पाँच दिनको म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । प्रहरी नायब उपरिक्षक कबित कटुवालले पक्राउ परेका साह माथि थप अनुसन्धान अघि बढाईएको बताउनु भयो ।