बैतडीमा फुड बैंक स्थापना 


विनोद सिंह विष्ट, बैतडी, । बैतडीमा खाद्यान्न बैंक(फुड बैंक) स्थापना गरिएको छ । विपद्को परेका नागरिकलाई खाद्यान्न अभाव भएमा खाद्यान्न बैंकवाट खानेकुरा उपलब्ध गराउने उद्देश्यले फुड बैंक स्थापना गरिएको हो ।

विपद्को बेला हुने खाद्य संकट हटाउने उद्देश्यले फुड बैंक स्थापना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

जिल्ला प्रसासन कार्यालय र उद्योग वाणिज्य संघबिच आपलकालीन खाद्य आपुर्तीका लागी गरिएको समझदारी अनुसार प्रतिब्यक्ती ३ दिन पुग्ने गरी खाद्यान्नको व्यवस्था गरिने भएको छ । जसमा १ किलोग्राम चिउरा,३ प्याकेट चाउचाउ , ३ गोटा विस्कुट, आधा किलोग्राम दालमोठसहितको प्याकेट रहेको छ । ५० जनाभन्दा बढी व्यक्ती विपद्मा परेमा उक्त प्याकेट उपलब्ध हुने जनाएको छ ।

चालु आर्थिक बर्षका लागी पाँच सय व्यक्तीसम्मको लागी हुने उद्योग वाणिज्य संघ बैतडीले जनाएको छ । एक लाख रुपैंयामा स्थापना गरिएको उक्त फुड बैंकले विपद्मा परेका नागरिकलाई तत्काल खाद्यान्न उपलब्ध गराउने भएको छ ।