सल्यानमा स्काभेटर खरिदका लागी एक करोडको बजेट


सरिता चलाउने, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालीकाले स्काभेटर खरिद गर्नको लागी मात्र एक करोड बजेट छुट्टयाएको छ । आर्थिक वर्ष २०७६/०७७ को लागी छत्रेश्वरि गाउँपालिकाले ३६ करोड ३४ लाख १४ हजार रुपैयाँ बराबरको बिनियोजित बजेट मध्य स्काभेटर खरिद गर्नको लागी मात्र एक करोड बजेट छुट्टयाएको हो ।

गाउँपालीकाले सडक तथा पुर्बाधार बिकासका लागि भनेर स्काभेटर खरिदका लागि १ करोड बिनियोजन गरेका अध्यक्ष सन्तोष केसीले बताउनु भएको छ । गाउँपालीका भित्र हरेक बिकास निर्माणका कामहरुलाई सहज बनाउनको लागी स्काभेटरको आबश्यकता देखिएकाले स्काभेटर खरिदका लागी एक कराड बजेट बिनियोजन गरिएको उहाँले बताउनु भयो ।

गाउँपालीकाले शिक्षा र भौतिक पूर्वाधार विकासलाइ प्राथमिकतामा राखेर बजेट पास गरेको बताउनु भयो । गाउँपालिकाका अध्यक्ष केसिले प्रस्तुत गरेको बजेटमा शिक्षा अन्तरगत शैक्षिक जनशक्ति ब्यबस्थापन, पुर्बाधार बिकास, क्षमता बिकास र खेलकुद कार्यक्रमलाई लक्षित गरि २ करोड २४ लाख बजेट रहेको छ ।

पुजिगत बिकास खर्च अन्तरर्गत ११ करोड १५ लाख ९० हजार, शसर्त कार्यक्रम अन्तरर्गत १५ करोड ५ लाख र प्रशासनिक तथा सन्चालन खर्चतर्फ १० करोड १३ लाख २४ हजार बिनियोजन गरिएको छ ।

यसैगरी स्वास्थ्य अन्तरर्गत चेतनामूलक कार्यक्रम , उपचरात्मक सेवा प्रवाह, एक वडा एक बर्थिङ सेन्टर स्थापना, एम्बुलेन्स खरिद तथा मेसिनरी औजार खरिद अन्तरर्गत ७१ लाख बिनियोजन गरिएको छ । कृषि उत्पादन र उत्पादकत्व वृद्धि र कृषि तालिम र अनुदानको लागि ३४ लाख र पशुपालनका लागि व्यावसायिक प्रबर्दनका लागि ३४ लाख बजेट बिनियोजन गरिएको छ ।

गाउँपालीकाले सबै वडाहरुमा खानेपनि बिस्तार गर्ने र पन्नेताल, लेखपोखरा, ज्यामिरे, दमाचौर, लान्तीमा संचालन भएका बहुबर्षिय योजनाको क्रमागत संचालनका लागि १ करोड ४५ लाख बिनियोजन गरिएको गाउँपालीकाले जनाएको छ ।

यस्तै गुरासे युद्ध पर्यटकिय क्षेत्र बिकास, छत्रेश्वरि मन्दिर , खड्कदेबि मन्दिर धार्मिक पर्यटन प्रबर्द्धनका लागि १ करोड ४५ लाख बिनियोजन गरेको छ । वडाबाट छनौट भएका शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, सडक पुर्बाधार, महिला, दलित ,आदिवासी ,जनजाती, मुस्लिम समुदाय, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग , महिलाको क्षेत्रका लागी भनेर ४ करोड ३ लाख बिनियोजन गरिएको छ ।

छत्रेश्वरि गाउँपालिकाले संघीय सरकारको बजेट वित्तीय समानीकरण अनुदान तर्फ ८ करोड ९३ लाख ,ससर्त अनुदान अन्तर्गत १५ करोड ५ लाख, कर्णाली प्रदेश सरकारबाट वित्तीय समानीकरण अन्तर्गत रु १ करोड ४६ लाख राजस्व बाडफाड बाट ७ करोड २८ लाख गत आर्थिक बर्षको बचत ३ करोड ५० लाख राजस्व बाडफाड ७ लाख ६८ हजार र आन्तरिक आम्दानी ३० लाख गरि उक्त बजेट ल्याएको हो ।