सिसीटिभी जडानमा गण्डकी बैंकको सहयोग


अनिल खत्री, गुल्मी । गुल्मीको सदरमुकाम तम्घास बजारमा सिसीटिभी क्यामरा जडान हुने भएको छ । रेसुङ्गा नगरपालिकाको तम्घास बजारका विभिन्न स्थानमा सम्बेदनशिल क्षेत्रहरुमा सिसीटिभी क्यामरा जडान हुन भएको हो ।

अपराध नियन्त्रण र शान्ति सुरक्षा मजबुत बनाउने उदेश्यले सिसीटिभी क्यामरा जडान गर्न लागिएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । क्यामरा जडानको लागि जिल्ला प्रशासनको अगुवाईमा बिभिन्न संघ संस्थाको सक्रियतामा जडान हुने भएको हो ।

बजार क्षेत्रमा सिसी क्यामरा जडान गर्न जिल्ला सदरमुकाम तम्घासमा रहेका बिभन्न बैक तथा बित्तिय संस्थाहरुले आर्थिक सहयोग गर्ने भएका छन् । क्यामरा बैकले सहयोगको सुरुवात गरेका छन् । शहरी क्षेत्रमा शान्ति सुरक्षा व्यवस्थालाई सहयोग पुराउन सिसीटिभी जडान कार्यको लागी गण्डकी विकास बैंक लिमिटेड तम्घास शाखाले सहयोग गरेको छ ।

बिहिवार बैंकका बैंकका शाखा प्रबन्धक कालिदास पान्डेले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेललाई.२५ हजारको चेक हस्तान्तरण गर्नुभयो । बैंकले संस्थागत सामाजिक उत्तर दायित्वलाई विशेष प्राथमिकतादिदै सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रमा आर्थिकसहयोग गर्दै आएको बैंकका शाखा प्रमुख पाण्डेयले बताउनु भयो ।

प्रशासनको अगुवाईमा बजार क्षेत्र भित्र पहिलो चरणमा झण्डै १ दर्जन स्थानमा सिसीटिभी क्यामरा जडान हुन लागेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । बजार क्षेत्रमा गरिने सिसीटिभी क्यामरा जडानले अपारध नियन्त्रणमा सहयोग पुग्ने र व्यवसायीहरुले आफना व्यवसाय गर्न ढुक्कसँग गर्न पाउने व्यवस्था मिलाउन सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

क्यामरा जडानको लागि आर्थिक संकलन सुरुवात भइरहेको र संकलित आर्थिक रकमबाट छिट्टै जडान गरिने पौडेलले बताउनु भयो ।