जबरजस्ती करणी गरेको अभियोगमा २ पक्राउ


काठमाडौं ।  जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले तनहुँबाट एक जनालाई पक्राउ गरेको छ । ब्यास नगरपालिका ७ बस्ने ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका ७ तल्लो नरङ्गा बस्ने १९ वर्षीय नबिन थापा मगरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मगरले ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँ र अस्थायी प्रहरी पोष्ट कलेष्टिबाट संयुक्त रुपमा खटिएको प्रहरीले मगरलाई पक्राउ गरेको हो ।

यस्तै बारबर्दिया नगरपालिका ४ बस्ने १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका ४ पदनाह बस्ने ४२ वर्षीय रमेश थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थारुले ती बालिकालाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।