छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित ६ पक्राउ


पर्सा । अवैध लागूऔषध गाँजासहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका १७ बस्ने २१ वर्षीय रमेश लामिछाने, पर्सा पटेर्वासुगौली गाउँपालिका ४ बस्ने ४२ वर्षीय प्रेम दास, पर्सा सखुवाप्रसौनी गाउँपालिका ६ बस्ने ३५ वर्षीय राजेश खवास र सर्लाही लालबन्दी नगरपालिक १७ बस्ने २० वर्षीय डम्मरमणि घिमिरे रहेका छन् । प्रहरीले वीरगंज महानगरपालिका २८ बगहीबाट करिब १ सय २० केजी अवैध लागूऔषध गाँजा सहित उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले बिआर ०१ डिबी ०००३ नम्बरको कार र ना२४ प ८७६४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा कारमा उक्त परिमाणको लागूऔषध राखी सर्लाहीतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी कार चालक रमेश लामिछाने तथा मोटरसाइकल चालक प्रेम दास समेत ४ जनालाई पक्राउ गरेको हो ।

त्यस्तै प्रहरीले सर्लाही, बागमती नगरपालिका ११बाट रौतहट चन्द्रपुर नगरपालिका १ बस्ने १९ वर्षीय सुमन रायमाझी र सर्लाही
बागमती नगरपालिका.१२ बस्ने २१ वर्षीय संजय तमाङलाई नियन्त्रित लागूऔषध नाईट्रोभेट ट्याबलेट २ सय २५ पिस सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा ज।४ प ७२३५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।