डोटीमा एक वर्षमा १ हजार ८९ ले गराए गर्भपतन


विमल विष्ट, डोटी । जिल्लामा वर्षेनी गर्भपतन गराउने महिलाहरुको संङ्ख्या बढीरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित   किसोरी देखी विवाहित   किसोरी महिलाहरुको संङ्ख्या बढी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ ।

जिल्लामा लामो समय देखी परिवारनियोजन तथा सुरक्षित गर्भपतनको क्षेत्रमा काम गर्दै आएको एक गैरसरकारी संस्था आईपास नेपालले दिएको जानकारी अनुसार आर्थिक वर्ष ०७५/०७६ मा डोटी जिल्लामा कुल १ हजार ८९ जना बढी महिलाहरुले गर्भपतन गराएका छन् । उक्त संस्थाका अनुसार जिल्ला अस्पताल लगायत सुरक्षित गर्भपतन गराउन सूचीकृत जिल्ला भरीका १८ स्वास्थ्य संस्थामा महिलाहरुले उक्त सेवा लिएका हुन् । जिल्ला अस्पतालमा मात्रै गत आर्थिक वर्षमा ५५६ जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला अस्पताल डोटीका डा. गिरिष अवस्थीले जानकारी दिनुभयो । नेपाल सरकारले गर्भवती महिलाको मञ्जुरीमा १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेपछि गर्भपतन गराउने महिलाहरुको संख्या ह्वातै बढेको डा. अवस्थीले बताउनुभयो ।

नौ हप्तासम्मको गर्भ तालिम प्राप्त स्वास्थ्यकर्मीहरुद्वारा प्रदान गरिने औषधि सेवन गरेर र १२ हप्तासम्मको गर्भ उपकरणहरुको प्रयोग गरी गर्भपतन गराउन मिल्ने प्रावधान रहेकोमा डोटी जिल्लामा नौ हप्तासम्मको गर्भपतन गराउने महिलाको संङ्ख्या अत्याधिक रहेको डा.अवस्थीको दाबी छ । गाउँ गाउँमा सरकारी स्वास्थ्य संस्थाहरु र स्वास्थ्यकर्मीहरु सूचीकृत रहेका कारण नौ हप्ता सम्मको गर्भपतन गराउने महिलाको संङख्या बढी देखिएको हो । एक वर्षको अवधिमा ८७१ जनाले गभैपतनको औषधि सेवन गरी नौ हप्तासम्मको गर्भपतन गराएको जिल्ला अस्पातल डोटीको तत्थ्यांङ्कमा उल्लेख गरिएको छ ।

त्यस्तै १२ हप्तासम्मको गर्भपतन गराउनेको संङ्ख्या १६६ रहेको छ भने १८ हप्तासम्मको गर्भपतन गराउने महिला तथा किसोरीहरुको संङ्ख्या ५२ देखिएको छ । १२ हप्तादेखि १८ हप्तासम्मको गर्भपतन गराउने अधिकार डोटी जिल्ला अस्पतालले मात्रै छ । त्यस्तै जिल्ला अस्पतालमा १२ देखी १८ हप्ता सम्मको गर्भपतन गराउने व्यवस्था तथा उपकरण भएका कारण एउटै महिलाले तिन पटक सम्म गर्भपतन गराउन आउने गरेको गर्भपतन गराउने अधिकार समेत पाएका डाक्टर गिरीस अवस्थीले बताउनुभयो । “महिला पुरुषले परिवार नियोजनका साधनहरुको प्रयोग नगर्ने भएकाले यो समस्या बढी देखिएको हो”, डाक्टर अवस्थीले भन्नुभयो, “पटक पटक गर्भपतन गराए ज्यान नै जोखिखमा हुन्छ भन्ने बुझेर पनि गर्भपतन गराउन आउछन्,कसरी सम्झाउने भनेकै मान्दैनन् ।”

जिल्ला अस्पताल तथा सरकारी स्वास्थ्य संस्था बाहेका डोटीमा रहेका कयौ निजि किल्निक तथा औषधी पशलहरुमा समेत गर्भपतन गराउने गरेको स्थानियबासीहरु बताउछन् । अबैध रुपमा गर्भरहेको खण्डमा कतिपएले त निजि औषधी पशलहरु बाट औषधी किनेर सेवन गर्ने गरेको डोटीका एकजना औषधी पशले राम कुमार मिश्रले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्कुल पढ्ने उमेरका कलिला नानीहरु अर्वोसनको औषधी किन्न आउछन्, नदिदा मान्दैनन् बाध्य भएर दिएरपठाउछौ ।” यहाँका स्थानियहरुले गर्भपतन सेवा अस्थायी साधनका रुपमा लिन थालेको भन्दै चिकित्सकहरुले चिन्ता समेत व्यक्त गर्नथालेका छन् । उनिहरु भन्छन्, “ठुलै समस्या भाई परेमात्रै गर्भपतन गराउनु ठिकहो,नत्र गर्भपतन नगराउनु नै बेस ।” यहाँका स्थानियहरुले अस्थायी साधनको प्रयोग गर्नुको साटो गर्भपतन सेवालाई नै पहिलो रोजाई राख्ने गरेका कारण समस्या हुदै आएको बताईएको छ ।