राष्ट्रियसभामा जरुरी सार्वजजिक महत्वको प्रस्ताव दर्ता


काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेसले राष्ट्रिय सभामा जरुरी सार्वजनीक महत्वको प्रस्ताव दर्ता गराएको छ । अविरल वर्षाबाट मुलुकभरी भएको धनजनको क्षति र त्यसमा आहत भएका सर्वसाधारणलाई अल्पकालीन र दीर्घकालीन उचित राहत दिनुपर्ने भएकोले भन्दै काग्रेसले सार्वजनीक महत्वको प्रस्ताव दर्ता गराएको हो ।

वुधवार दर्ता गरिएको यो प्रस्तावको प्रस्तावक राधेश्याम अधिकारी छन भने समर्थकमा वृजेशचन्द्र लाल र बद्रीप्रसाद पाण्डे रहेका छन् ।
अविरल वर्षाको कारण तराई–मधेस पहाड लगायत मुलुकका विभिन्न भागमा धेरै संख्यामा व्यक्तिहरुको हताहत भएको, त्यसै गरी निकै संख्यामा व्यक्तिहरु वेपत्ता भएको, नागरिकहरु घाइते भएका, आमजनताको घरवास, खेतबारी बगाई हजरौं जनता विस्थापित भएका, नेपाल भरी राजमार्गमा क्षति भई अवरुद्ध भएको, विद्युत सेवा रोकिएको, खानेपानीको अभाव भएको, विद्यालयहरु क्षतिग्रस्त भएका, स्वास्थ्य उपचारको व्यवस्थाको सन्दर्भमा समेत छलफल गर्नुपर्ने प्रस्तावमा जनाइएको छ ।

प्रस्तावक अधिकारीका अनुसार यो सन्दर्भमा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह लगायत विभिन्न राजनीतिक दल एवं संघसंस्थाहरुबाट भएका र हुने उद्धार तथा राहतको कामकारवाही सम्बन्धमा यो सदनले जानकारी लिई आवश्यक निर्देश गर्नुपर्ने भएकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको जनाउनु भएको छ ।