डुबान प्रभावित बासिन्दा राहतको पर्खाइमा


सञ्जय कार्की, रौतहट । दुई बर्ष अघिको बाढिले सुकुम्बासी बनेका दुर्गाभगवती गाउँपालिका–५ बडहरवाको दलित बस्तिका २ सय घरधुरीका बासिन्दा लाई यस पटकको बाढि र डुवाले घरबारबिहिन बनाईदिएको छ । उनीहरुको घरहरुमा अहिले पनि हिलो माटोले भरिएको छ । २ सय भन्दा बढिको घरहरु भत्किएपछि घरबारबिहिन बनेकाहरु बाग्मती नदिको तटबन्धमा त्रिपाल टाँगेर ओत लागेका छन । ४० घरपरिवार माण्डबीले बनाईदिएको सेफसेल्टरमा आश्रय लिईरहेका छन ।

त्रिपाल टागेर ओत लाग्दा पनि बर्षा भएमा भिज्ने र घाम लाग्दा पोल्ने गरेको गुनासो उनीहरुको रहेको छ । ०७४ सालको बाढी र डुवानले सुकुम्बासी बनेका उनीहरुको यसपटकको बाढि र बर्षाले अन्नपात, लताकपडा कामै नलाग्ने भएपनि राहतको पर्खामा रहेका हुन । आफना साना बालबालिका सहित त्रिपालमा रहेपनि उनीहरु चौपाया बस्तु संगै सुत्न बाध्य भएका छन ।

चारैतिरको जलमग्न पानीले ६ दिन देखि घेरिएका उनीहरुको अस्थायी बसोबास भएको स्थानमा पानीको सतह घटेसंगै प्रमुख जिल्ला अधिकारी सहितको टोलि पुगेको छ । उक्त प्रभाबित बस्तिका बान्दिा लाई आज बाट राहत बितरण गरिएको छ । बाग्मती तटबन्धमा अस्थायी बसोबास गरेका उनीहरु कष्टकर अबस्थामा रहेका छन । अवस्था असहज भएकाले दैनिक मजदुरी समेत गर्न उनीहरुले पाएका छैनन । चुनाबको बेला भोग माग्न नेताहरु आउने गरेपनि यस्तो बिपतीमा कोही पनि पुग्न नसकेको गुनासो उनीहरुको रहेको छ ।

प्रदेश नम्बर २ प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रौतहटमा यसपटकको बर्षा र बाढिले ४० हजार घरपरिबार बिस्थापित हुदा तीन लाख मानिस प्रभाबित भएका छन । प्रमुख जिल्ला अधिकारी किरण थापाले अधिकर र साधन सम्पन्न पालिकाले बाटो मात्र बनाउने हैन बिपतको पुर्बतयारी समेत गर्नु पर्ने बताउनु भयो ।

उहाले आपताको अबस्थामा तत्काल उनीहरु लाई जोगाउन राहत दिने हो भन्नु हुदै दिर्घकालिन रुपमा कार्य अघि बढाएमा मात्र रौतहट डुवान बाट जोगिन सक्ने बताउनु भयो ।